काठमाडौं । बीमा समितिका निर्देशक सुशिल सुबेदिको उपस्थितिमा मकवानपुरका बीमाकर्मीहरुको भेलाले ११ सदस्य निप्सको तदर्थ समिति गठन गरेको छ।
निप्स मकवानपुरको अध्यक्षमा रमेशलाल श्रेष्ठ चयन भएका छन् । बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको हकहितका लागि गठन गरिएको समाजको अध्यक्ष चयन भएका श्रेष्ठ नेपाल इन्स्योरेन्स कम्पनीको हेटौंडा शाखाका प्रबन्धक हुन् ।
बुधबार भएको भेलाले उपाध्यक्षमा केवल बानियाँ, सचिवमा उज्ज्वल बर्तौला, कोषाध्यक्षमा मुना पौडेलसहित ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । मकवानपुर जिल्लामा १९ वटा जीवन बीमा कम्पनी र २० वटा निर्जिवन बीमा कम्पनी गरी कुल ३९ वटा बीमा कम्पनीका शाखा तथा उपशाखा छन् । मकवानपुर जिल्लामा बीमा कम्पनीमा प्रत्यक्ष रुपमा दुई सय जना भन्दा बढी कर्मचारी कार्यरत छन् ।