IME Life New

फोनपेमार्फत दुई लाखसम्म रकम ट्रान्सफर गर्दा १० रुपैयाँ मात्र शुल्क लाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फोनपे डाइरेक्ट मार्फत अन्तर बैंक रकम ट्रान्सफर गर्दा १० रुपैयाँ मात्र सेवा शुल्क लाग्ने भएको छ । फोनपे डाइरेक्टमार्फत १०० देखि २ लाखसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि १० रुपैयाँ मात्रै शुल्क लाग्ने भएको हो ।

यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो । फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिन्छ ।

Esewa
Crest

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिनेछ ।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपेमा हालसम्म ५ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS