IME Life New

साधना लघुवित्तले दियो शाखा प्रमुखलाई धितो कर्जा ब्यवस्थापन तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गण्डकी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखहरुलाई तालिम प्रदान गरेको छ । संस्थाले गोरखा प्यालेस गोरखामा २ दिने धितो कर्जा ब्यवस्थापन सम्बन्धी तालिम दिएको हो । तालिममा २६ बटा शाखा कार्यालयमा कार्यरत २७ जना शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।

तालिममा धितो सुरक्षणको प्रमाणीकरण, विभिन्न नक्साहरुको अध्ययन तथा कागजातहरुको जाँच, जग्गा मापनका आधार र बिधीहरु,धितो मुल्याङ्गन र पक्रिया एवम् धितो निरक्षणका लागी प्रयोग गर्न सकिने बिबिध मोबाईल एप्लिकेशनहरुको बारेमा जग्गा ब्यवस्थापन तालिम केन्द्र धुलिखेलका निर्देशक लेखनाथ दाहाल एवम् धितो कर्जा प्रवाहको बिधी र ब्यवसाय प्रवर्दनको तरिकाहरु र प्रभाबकारी कर्जा असुली र बार्ता बिधीहरुको बारेमा श्रवण कुमार सर्पोट प्रा.लिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले सहभागीहरुलाई प्रशिक्षण एवम् सहजीकरण गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले धितो कर्जाको ब्यवस्थापन, प्रभावकारी धितो निरिक्षणका आधारभुत ज्ञान कौशल एवम् कर्मचारीहरुको सिकाई उपलब्धीको मापन, उत्पादकत्व क्षमताको अभिबृद्धि, गरी संस्थागत ब्यवसाय प्रवर्दन गर्न साथै शाखा प्रमुखहरुमा बित्तीय संस्थाको समयसापेक्ष परिवर्तित कर्जा निती नियमहरुको जानकारी र ब्यबस्थापन गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए ।

कम्पनीले ८६ वटा शाखा कार्यालयहरु मार्फत हाल ७५ हजार भन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्दे आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS