IME Life New

इन्स्योरेन्स कम्पनीहरुमा कर्मचारी नियुक्ती गर्दा सार्वजनिक दरखास्त आह्वान गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा क्षेत्रलाई ब्यबस्थित गराउन बीमा समितिले ‘बीमकको कर्मचारी सेवा शर्त विनियमावली सम्बन्धी मार्गदर्शन २०७५’ तयार पारिरहेको जनाएको छ। नयाँ बन्ने नियमावलीले बिशेष गरि बीमा कम्पनीहरुका तल्लो स्तरका कर्मचारीहरुको न्युनतम तलब, सुबिधा, भत्ता तथा माथिल्लो स्तरका कर्मचारीहरुको बिर्धि बिकाश, सबारी साधन सुबिधा, विदेश भ्रमण लगायतका व्यवस्था गर्न लागेको जनाएको छ । कुन स्तरका कर्मचारीलाई गाडी दिने, कस्तो सुबिधा दिने हो भन्ने कुरा कर्मचारी विनियमावली मार्फत गर्न लागेको छ ।

‘नयाँ बन्ने मार्गदर्शनमा बीमा कम्पनीहरुले कर्मचारीको श्रेणी विभाजन गरी दरबन्दी अनुसार नियुक्ति गर्नुपर्ने व्यवस्था गर्न लागिएको बीमा समिति श्रोतले जनाएको छ। त्यस्तै, बीमा कम्पनीहरुले कर्मचारी नियुक्ती गर्दा सार्वजानिक रुपमा दरखास्त आह्वान गरेर मात्रै कर्मचारी भर्ना गर्न पाइने व्यवस्था गरिने छ।’

Esewa
Crest

अहिले बीमा कम्पनीले कर्मचारी नियुक्ती गर्दा कमै मात्रामा सार्वजानिकरुपमा दरखास्त अबहान गर्ने गरेका छन् भने दरखास्त अबहान गरेपनि प्रक्रिया पुरा गरेर कर्मचारी नियुक्ती गर्ने परिपाटीको कमिरहेको बीमा क्षेत्र सम्बद्ध बिज्ञहरुले जनाउने गरेका छन्।

मार्गदर्शनमा कर्मचारीले पाउने सेवा सुविधा, विदा लगायतका सबै विषयलाई प्रष्टरुपमा समेटिने छ, मार्गदर्शनमा श्रम ऐनले तोकेको न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषको कार्यान्वयन अनिवार्य गरिनेछ। नयाँ मागर्दशन कार्यान्वयनमा आएपछि बीमा क्षेत्र जागिरका लागि आकर्षक तथा पारदर्शी बन्ने विश्वास बीमा समितिको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS