IME Life New

नेपालकै  चर्चित ब्राण्डिङ आइकन मेघेन्द्र प्रकाश गिरी नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डद्वारा सम्मानित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै चर्चित ब्राण्डिङ आइकन मेघेन्द्र प्रकाश गिरी नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डद्वारा सम्मानित भएका छन् । सिजन मिडियाले आफ्नो १३ औं स्थापनाका साथै संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विभिन्न क्षेत्रमा विशेष योगदान गर्नेहरुलाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१ प्रदान गरेको छ ।

लाजिम्पाटस्थित होटल र्याडिसनमा भएको एक कार्यक्रममा कम्युनिकेसन एण्ड ब्राण्डिङ एक्सिलेन्ट अवार्डबाट गिरी सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त अवार्ड तथा सम्मान प्रदान गरेका थिए । कम्युनिकेसन एण्ड ब्राण्डिङ क्षेत्रमा गिरीले गरेको विशेष योगदानलाई उच्च कदर गर्दै सो सम्मान प्रदान गरिएको सिजन मिडियाले जनाएको छ ।

Crest

बर्दिया गृहजिल्ला भएका गिरीले एमविए तथा अन्तराष्ट्रिय अर्थशास्त्र विषयमा एमएसम्मको अध्ययन पुरा गरेका छन् । एफएमसिजि, बहुराष्ट्रिय कम्पनी, मिडिया, बैंक र बीमाको क्षेत्रमा ब्रान्डिङ तथा मार्केटिङ प्रभाव छोड्न सफल उनले पशुपति पेन्ट्स, कैलाश चिया, त्रिशक्ति सिमेन्ट, कान्तिपुर टेलिभिजन, एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत थुप्रै कम्पनीहरुमा जादुयी सिर्जना पस्किएर अब्बल सावित गरिसकेका छन् ।

ब्रान्डिङका क्षेत्रको आइकनका रुपमा रहेका उनी गीतकार, गायक, संगीतकार, अभिनेता, मोडल, लेक्चरर, विज्ञापन निर्माता, निर्देशक समेत हुन् । सिजन मिडियाले गिरी सहित भोला रिजाल, भवानी राणा, किशोर श्रेष्ठ, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालाई पनि सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS