IME Life New

राजविराज नगरपालिकामा बीमा समिति, स्थानीय तहका लागि नमुना पोलिसी बनाउन माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले राजविराज नगरपालिकामा बीमा सम्बन्धी बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमको प्रमुख अतिथि राजविराजका मेयर सम्भु प्रसाद यादव थिए । त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्थ, एलआईसी नेपालको प्रदेश नम्बर दुईका प्रमुख विपिन लाल कर्णको उपस्थिति थियो । कार्यक्रममा उपमेयर साधना शाह, सम्पुर्ण वडाका अध्यक्षहरु, जनप्रतिनिधिहरु, शिक्षक, कृषक, स्थानीय तहमा रहेका बीमा कम्पनी तथा बैंकका शाखा प्रमुखहरुका साथै ११५ वर्षका बृद्धि सहित सर्वसाधारणको उपस्थिति थियो ।

बीमा समितिका निर्देशक दिनेशलाल कर्ण सहित सहायक निर्देशक पुर्ण बहादुर पण्डित तथा हृदयश्वर पण्डित तथा पुर्ण बहादुर थापाको सहभागिता थियो । कर्णले बीमा सम्बन्धी जानकारीमुलक प्रस्तुती दिएका थिए । कार्यक्रममा पण्डितले स्वागत मन्तव्य दिनुका साथै थापाले कार्यक्रम सञ्चालक गरेका थिए ।

Esewa
Crest

कार्यक्रममा उपस्थित सर्वसाधारणहरुले बीमा गर्न र दाबी पाउनका लागि झण्झटिलो विधिलाई सहज बनाइदिनु पर्यो भन्दै माग गरेका थिए । यसका लागि आवस्यक पर्ने कानुन बनाउनुका साथै अनुगमन गर्न समेत सुझाएका छन् । समितिले सहरी क्षेत्रमा मात्रै नभइ ग्रामिण क्षेत्रमा पनि कार्यक्रम गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा सहभागी बीमा अभिकर्ताहरुले आफ्नो सेवा सुविधाहरु किन कटौती गरियो भन्दै प्रश्न गरेका थिए । साथै समितिले एकल बीमा शुल्क भुक्तानी पोलिसीमा गरेको कडाइलाई लिएर समेत प्रश्न गरेका हुन् । उनिहरुको प्रश्नलाई समितिका निर्देशक लाले तत्काल जवाफ दिदै भने ‘एकल बीमा शुल्कको पोलिसीमा धेरै नै विकृति देखिएकोले बन्द गरिएको हो । अभिकर्तालाई करोडौ रुपयाँ ऋण दिएर बीमा गराउने प्रवृत्तीलाई अन्त्य गर्न अभिर्तालाई प्रदान गरिएको ऋणलाई रोक्न भनिए पनि अन्य किसिमका सेवा सुविधा प्रवाह गर्नमा हामीले रोक लगाएका छैनौ ।’

नगरपालिकाका प्रशासकिय प्रमुखले स्थानीय निकायमा बीमा नीतिको मस्यौदा बनाइदिन समिति समक्ष अनुरोध गरेका थिए । कतिपय नगरपालिकामा यसको विषयमा सामान्य जानकारी पनि नहुने भन्दै उनले यसका लागि आवस्यक पर्ने मस्यौदाको ड्राफ्ट तयार पार्न अनुरोध गरेका हुन् । समितिले कार्यक्रममा स्थानीय निकायलाई बीमा समिति सबन्धी नीति बनाउन अनुरोध गरे पछि मेयरले आगामी दिनमा नीति बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । जनप्रतिधिहरुले बीमितहरुलाई आकर्षित गर्ने खालका पोलिसी बनाइदिन समेत माग राखेका छन् ।

बीमा कम्पनीहरुले बीमा गरिसके पछि बीमित सँग कुनै पनि सम्बन्ध नबनाएको भन्दै गुनासो व्यक्त गरेका थिए । जीवन बीमा गरिसके पछि कम्पनीहरुले नियमित रुपमा एसएमएस गर्छन् तर पोलिसी परिपक्व भए पछि भने जानकारी नगरेको भन्दै गुनासो गरेका थिए ।

बीमा अभिकर्ताले २५ प्रतिशत कमिसन पाउने तर बीमित आफै आउदा कमिसन नदिएको भन्दै उनिहरुले नीतिगत रुपमै कमिसन पाउने व्यवस्था गरिदिन अनुरोध गरेका छन् । १०/१५ वर्षदेखि नियमित रुपमा निर्जीवन बीमा गर्दै आइरहेकालाई पनि केहि न केहि छुट दिनु पर्ने माग उठेको थियो । स्थानीय तहका लागि नमुना पोलिसी बनाएर लागु गर्नु पर्यो भन्दै स्थानीयहरुले माग राखेका छन् ।

बीमा कम्पनीका लगानीकर्ताहरुको लाभांस हरेक वर्ष बढ्ने तर बीमितको भने ५/७ वर्षसम्म नबढ्ने गरेको भन्दै उनिहरुले बीमा समितिलाई बीमितहरुको हितमा काम गर्न अनुरोध गरेका छन् । उपमेयरले समितिको यस कार्यक्रम ढिलो आयो तर दुरुस्त आयो भन्दै प्रतिक्रिया दिएकी थिइन ।

व्यक्तिगत माथिको विस्वास उठिसकेको भन्दै उपमेयरले सम्पुर्ण काम डिजिटलाइज गर्नु पर्यो भन्दै माग गरेकी थिइन । उनले बीमा अभिकर्ताहरुलाई दक्षता र निष्ठावान सम्बन्धी तालिम दिन समिति समक्ष अनुरोध गरेकी छिन् । उमेयरले पनि आफ्नो नगरपालिका बीमा नीति बनाएर स्थानीहरुलाई बीमामा ल्याउने प्रतिवद्धता व्यक्त गरिन् । तर दाबी भुक्तानीलाई भने छिटो बनाउन उनले अनुरोध गरिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS