IME Life New

सिद्धिचरण नगरपालिकामा बीमा समिति, जोखिम हस्तान्तरणको उपकरण कार्यान्वयनमा सहयोग गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले सिद्धिचरण नगरपालिकामा बीमा सम्बन्धि जनचेतनामुलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ, उपमेयर इच्छा कुमारी गुरुङ, जीवन बीमक संघका अध्यक्ष तथा मेट लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्मण काजी श्रेष्ठ, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो ।

कार्यक्रममा मेयर श्रेष्ठले समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय लक्ष्य हासील गर्न बीमा क्षेत्रले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए । उनले आफ्नो स्थानीय क्षेत्रमा बीमा जस्तो महत्वपुर्ण जोखिम हस्तान्तरणको उपकरणलाई कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । समयमै दाबी भुक्तानी गरेमा बीमामा विश्वसनियता बढ्दै भन्दै श्रेष्ठले समयमा दाबी भुक्तानीका लागि पहल गर्न समिति समक्ष अनुरोध गरेका थिए ।

Esewa
Crest

बीमा समितिका कार्यकारी निर्देशक पौडेलले स्थानीय निकायलाई आफ्ना नागरिकको बीमा गराउन अभियान चलाउन अनुरोध गरेका छन् । उनले भने ‘यदि सबै नागरिकलाई बीमाको दायरमा ल्याउन सक्ने हो भने महाविपत्तीको समयमा सरकारले बहन गर्नु पर्ने क्षतिपुर्तीमा लाग्ने आर्थिक दायित्व बापत तिर्नुपर्ने रकमबाट मुक्त हुन सक्छ ।’

बीमा समितिले यस्तो कार्यक्रम पहिलादेखिनै गर्नु पर्ने भन्दै उपमेयर इन्द्रकुमारी गुरुङले कृषि बीमा मार्फत निमुखा जनतालाई क्षतिपुर्ती दिनु पर्ने बताइन् । कार्यक्रममा लुम्बिनी जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत विनोद काजी श्रेष्ठले बीमाको क्षतिपुर्ती सिद्धान्त बमोजिम वास्तविक क्षति भएको संरचनाको ह्रासकट्टी गर्नु पर्ने बताएका थिए ।

बीमक संघका अध्यक्ष श्रेष्ठले घरमा आम्दानी गर्ने प्रमुख व्यक्तिको अनिवार्य जीवन बीमा गर्नु पर्ने धारणा राखेका थिए । यदि घरको प्रमुख आम्दानी गर्ने व्यक्तिको मृत्यु भएमा बीमा बापत प्राप्त हुने रकमले उसका आश्रीत परिवारले राहत पाउने भन्दै बीमा गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS