काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट लिमिटेडको १३औं वार्षिक साधारण सभा असोज २२ गते हुने भएको छ । सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने जनाएको छ ।
सभाले हाल कायम चुक्तापूँजीको ५ दशमलव २६ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ ।
साथै सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।