IME Life New

बुद्धभुमि नेपाल हाईड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले नुवाकोट जिल्लाका स्थानिय वासिन्दाका लागि जारी गरेको ४ लाख कित्ता वराबरको ४ करोडको आईपीओ कम्पनीका पदाधिकारीहरुको रोहवरमा बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि भाद्र १५ गते सम्म शेयर बिक्री खुल्ला गरेको थियो ।

माग गरिएको भन्दा अधिक कित्ताका लागि आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । माग गरिएको ४ लाख कित्ताका लागि ३२,०९,१०३ कित्ता वराबरको आवेदन परेको थियो । आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।

Esewa
Crest

आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि माग गरिएको ४ लाख कित्ताका लागि ३२ लाख ९ हजार १०३ कित्ता बराबरको आवेदन गर्नु हुने आवेदकहरु मध्ये बैध आवेदक संख्या ४९,३१० मा न्युनतम १० कित्ताका दरले बाँडफाँड गर्दा ४० हजार आवेदकहरुलाई बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडका पदाधिकारीहरुको रोहवरमा गोलाप्रथाको विधिबाट बाँडफाँड कार्य सम्पन्न भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री झनकराज ढुंगेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS