IME Life New

१ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८४४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार ५२४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३३२ जना र ४ हजार ३२० जनाको एन्टिजेन परीक्षण गर्दा ४२८ जनामा संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

मन्त्रालयका अनुसार काठमाडौंमा ३६० जना, ललितपुरमा ७२ जना र भक्तपुरमा ६३ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै गत २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS