IME Life New

नेपाल बंगलादेश क्यापिटलको साधारण सभा असोज १८ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा असोज १८ गते हुने भएको छ । सभा इन्द्रेणी फुडल्याण्ड, बानेश्वर काठमाडौंमा दिउँसो ४ः१५ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

सभामा आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने रहेको छ । साथै, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव रहेको छ ।

साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS