काठमाडौं । नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा असोज १८ गते हुने भएको छ । सभा इन्द्रेणी फुडल्याण्ड, बानेश्वर काठमाडौंमा दिउँसो ४ः१५ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभामा आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने रहेको छ । साथै, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव रहेको छ ।
साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।