Connect IPS
IME Life

हाथवे इन्भेष्टमेण्टको साधारण असोज १५ गते, प्रस्तावित ५५% लाभांश पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले १३औं वार्षिक साधारण असोज १५ गते बोलाएको छ । उक्त सभा दिउँसो २ बजे आफ्नै रजिष्टर्ड कार्यलय, लैनचौथर काठमाडौंमा शुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट गर्ने समेत कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीको भदौ २५ गते हुने भनिएको स्थगित साधारण सभा असोज १५ गते गर्न लागेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत बोनश शेयर र ३० प्रतिशत नगद लाभांश गरी कुल ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, कम्पनीको जारी पूँजीको १२ दशमलव ५ प्रतिशतले हुन आउने २९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाको अन्य प्रस्तावमा संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको अधिकृत तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS