काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र ग्रोडेलीबीच सम्झौता भएको छ । बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई विशेष छुट दिने सम्बन्धी बैंक र ग्रोडेलीबीच सम्झौता भएको हो । सहकार्यपछि बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले ग्रोडेलीमार्फत अनलाइन अर्डर गरी क्यूआरबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नेछन् ।
बैंकले हालसम्म आफ्नो मोबाइल बैंकिङमा दर्ता नभएका ग्राहकका लागि घरमै बसी निः शुल्क मोबाइल बैंकिङमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।
बैंकले मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्डका लागि आवेदन र मुद्दती खाताको आवेदन दिन सक्ने लगायत सुविधा उपलब्ध गराएको छ ।