काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तिय संस्थाको सञ्चालकमा रमेश कुमार कर्माचार्य नियुक्त भएका छन् । कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकमा कर्माचार्यलाई नियुक्त गरेको हो ।
नव नियुक्त संचालकले संस्थाका अध्यक्ष खेमराज नेपालसमक्ष पद तथा गोपनियताको पदभार ग्रहण समेत गरेका छन् ।