IME Life New

राष्ट्रिय बीमा संस्थाको तीन आर्थिक वर्षको साधारणसभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा संस्थाको तीन आर्थिक वर्षको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको विगत १२ वर्षदेखि साधारणसभा हुन सकेको थिएन । संस्थानले आज आफ्नो प्रधान कार्यालय रामशाहपथमा साधारण सभा सम्पन्न गरेको हो ।

सभामा संस्थानको लामो समयदेखि बाँकी रहेको आर्थिक वर्ष ०६६/०६७, ०६७/०६८ र ०६८/०६९ को लेखापरीक्षण गरी पारित गरेको छ ।

Esewa
Crest

। विगत १२ वर्षदेखिको लेखापरिक्षण सम्पन्न भए पछि समितिले तोके अनुसारको पूँजी बढाउने पक्षमा संस्थान रहेको छ ।

उक्त तीन आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न भएसँगै अब अर्को तीन आर्थिक वर्षको पनि लेखापरिक्षण सम्पन्न गर्ने संस्थानले जनाएको छ । संस्थानले आन्तरिक रुपमा २०६९/७०, २०७०/७१, २०७२/७३ र २०७३/७४ को काम पुरा गरिसकेको छ ।

संस्थानले गत आर्थिक वर्ष ०७७/०७८ मा ७ अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको छ । सोही अवधिमा ३ अर्ब १९ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गर्नुका साथै आर्थिक वर्षको अन्त्यमा जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लाख रहेको संस्थानले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS