Connect IPS
IME Life

अस्थिर लगानीकर्ता तिव्र उतारचढाव, घट्दा लगानीकर्ता आत्तीने बढ्दा नियामक डराउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगानीकर्ताको अस्थिर मनोविज्ञानका कारण शेयर बजारमा तिव्र उचारचढाव देखिदै आएको छ । एकै दिनमा एक सय अंक भन्दा धेरैले तलमाथी हुनुले पनि लगानीकर्ताहरुमा अस्थिरता बढेको देखिन्छ । बजार बुलिस ट्रेण्डमा रहेकोले अव केहि समय नघट्ने मनोविज्ञान हाबी हुँदा अलिकति घट्ने वित्तीकै उठाउने अर्को तर्फ दोहोरो अंकले घट्ने वित्तीकै बेच्न तिर लाग्ने लगानीकर्ता धेरै छ ।

शेयर बजारमा एकै किसिमको मानसिकता र रणनीति लिएका लगानीकर्ता हाबी हुँदा बजारमा तिव्र उचारचढाव देखिएको बजार विश्लेषक ज्योति दाहाल बताउछन् । आफ्नो क्षमता भन्दा बढि शेयर खरिद गर्ने लगानीकर्ता धेरै छ । क्षमता भन्दा धेरै शेयर खरिद गर्ने वित्तीकै उनिहरुको मानसिकता स्वतः कमजोर हुन्छ । जसले गर्दा बजार केहि समय रातो देखिने वित्तीकै चिर चिर पसिना निस्किन्छ । लगातार दुई दिन बजार रातो भयो र घट्न थालेको भान हुने वित्तीकै कर्जा लिएर शेयर खरिद गरेकाहरु बिक्री गर्न थाल्छन् ।

Prabhu
Crest

आत्तीएर शेयर बिक्री गरेका तिनै लगानीकर्ता केहि समय पछि पुनः क्षमता भन्दा बढिको शेयर खरिद गरिसक्छन् । यहि अभ्यासले बजारमा एकै दिन १०० अंक भन्दा धेरै बढ्ने र १०० अंक भन्दा धेरैले घट्ने प्रवृत्ती देखिदै आएको छ । दिनभरीमा बजार जतिसुकै तलमाथी होस तर अन्तिममा झिनै अंकले भए पनि सुधार भएकै देख्न चाहने लगानीकर्ता सबैभन्दा धेरै अस्थिर छन् ।

यसै क्रममा सानो सकारात्मक सूचनाले बजार धेरै माथि उकासिने गरेको छ । दाहाल भन्छन् ‘यो भनेको बजार बढेको होइन फुलेको हो । फुलेको बजार जुन सुकै समयमा फुट्न सक्छन् । त्यसैले गर्दा लगानीकर्ता बजार थोरै घट्ने वित्तीकै आत्तिएर बेच्न पुग्छन् ।’ अहिले बजारका कोहि पनि दिर्घकालिन लगानीकर्ता छैनन् । दिर्घकालिन लगानीकर्ता विना ट्रेडर मात्रै हाबी हुँदा बजार सबैभन्दा धेरै जोखिममा हुने गरेको छ ।

अर्को तर्फ बजार लगातार बढ्दा नियामक निकायहरु नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समिति, विद्युत नियमन आयोग तथा सरकारको ध्यान भंग हुन्छ । कस्तो पोलिसी ल्याउन बजार तल झर्छ भन्ने पूर्वअनुमान सहित पोलिसीहरु जारी गरिन्छ । राष्ट्र बैंकले विगत ६/७ महिनादेखि बजार अस्वभाविक सुधार भयो भन्ने निष्कर्ष निकालेर बजारलाई डिस्करेज गर्ने खालका पोलिसी जारी गर्दै आइरहेको छ । कहिले बैंकहरुलाई अल्पकालिन लगानी गर्न रोक लगाएको हुन्छ त कहिले शेयरधितो कर्जामा कडाइ गर्ने गरेको छ ।

नेपाल राष्ट्र बैंक सँगै नेपाल धितोपत्र बोर्ड र बीमा समिति पनि त्यहि लाइनमा छन् । बीमा समितिले लगानीकर्तालाई सचेत गराउदै अत्याधिक मूल्य बढेका कम्पनीहरुको सूचि सार्वजनिक गर्दा बजारमा पहिरो गयो । बीमा समितिले पनि बजारमा चलखेल गर्ने काम भयो भन्दै यस वर्ष कुनै पनि बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन गर्न नदिने बताउदै आएको छ ।

नियामक निकायले बजार असाध्यै धेरै सुधार हुन थाल्यो र भोलिका दिनमा लगानीकर्ताहरु जोखिममा पर्छन भन्ने लाग्यो भने सचेत गराउनु पर्छ । केहि समय अगाडि नेपाल धितोपत्र बोर्डले सचेत गराउन खोजेको थियो । कदम सहि भए पनि तरिका गलत हुँदा बुलिस ट्रेण्डका लगानीकर्ताले चर्को विरोध गरे । केहि हदसम्म बजार धेरै सुधार भएको बुझाइमा नियामकहरु छन् । यसका लागि केहि हदसम्म नियन्त्रण पनि गर्नु पर्छ । तर देखिने गरि हस्तक्षेपकारी भुमिका निभाउदा पनि अस्वभनिय हुन्छ । तिव्र गतिले बढिरहेको बजारमा एक्कासी बजारलाई असर पर्ने नीति ल्याउदा सोझा साझा लगानीकर्ता फस्ने डर पनि उत्तीकै हुन्छ ।

नेपालको शेयर बजारमा बुझेर, विश्लेषण गरेर लगानी गर्ने भन्दा पनि लहै लहैमा लगानी गर्ने धेरै छन् । क्लब हाउसमा ठुला लगानीकर्ताले दिएको स्क्रिप्ट खरिद गर्ने धेरै छन् । सामाजिक सञ्जालमा फैलाइएका हल्लाका पछाडि शेयर खरिद गर्नेहरु हाबी छन् । कम्पनीको वित्तीय विश्लेषण गर्दै आफुले खरिद गरेको शेयरले कतिसम्म प्रतिफल दिन सक्छ भन्ने अनुमान पनि नगरी खरिद गर्नेहरु सबैभन्दा मारमा पर्न सक्छन् ।

ठुला लगानीकर्ताले थोरै शेयर पूँजी भएका कम्पनीहरुलाई धेरै भन्दा धेरै खेलाइरहेका हुन्छन् । यस्ता कम्पनीको सप्लाइ नियन्त्रण गरेर मूल्य बढाउने क्रममा साना लगानीकर्ता फस्ने गरेको धेरै उदाहरुण छन् । तिनै कम क्षमताका साना लगानीकर्ताले आफुले खरिद गरेको मूल्य भन्दा तल झरे पछि घाटामै बिक्री गर्छन् । जसले बजारमा पेनिक सेल गराउछ । पेनिक सेल हुँदा ठुला लगानीकर्ताहरुले पनि खरिद गरिरहेका हुन् । थोरै लगानीकर्ताले धेरै लगानीकर्तालाई खेलाएर राम्रो कमाउने प्रवृत्तीलाई न त नियामकले रोक्न सक्छ नत सरकारले ।

आफ्नो लगानीलाई सुरक्षित बनाउदै केहि घट्दा पनि नोक्सान नहुने गरी अगाडि बढेका लगानीकर्ताले पनिक सेल गर्नु पर्दैन । थोरै मात्रै शेयर लिएर बाँकी रकम बचतबाट शेयर खरिद बिक्री गर्ने हो भने लगानीकर्ताले कहिले पनि पछाडी फर्कनु पर्दैन । शेयर बजार समुद्र हो । जसको जति क्षमता छ त्यति नै कमाउने हो । आफ्नो क्षमता भन्दा धेरैको अपेक्षा सहित लगानीकर्ता अवस्य फसिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS