काठमाडौं । माछापुच्छ्रे बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । कम्पनीको २२ लाख ५३ हजार ४९६ कित्ता ऋणपत्र सूचिकृत भएको हो । कम्पनीले ८ दशमलव ५ प्रतिशत माछापुच्छ्रे ऋणपत्र २०८७ नामक ऋणपत्र सूचिकत गराएको हो ।
अब यस ऋणपत्र आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । गत भदौ २४ गते नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आइतवारदेखि कारोबार हुनेगरी ऋणपत्र सुचिकृत भएको हो ।