काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरु रमेश प्रसाद न्यौपानेको नाममा रहेको २ हजार कित्ता, हश्चिन्द्र सिन्हाको नाममा रहेको ५ हजार कित्ता र रामानन्द चौधरीको नाममा रहेको २ हजार ५०० कित्ता संस्थापक शेयर विक्री गर्ने जनाएको छ ।
उक्त शेयरको न्यूनतम प्रतिकित्ता मूल्य भने तोकिएको छैन । कम्पनीले केन्द्रिय कार्यालय, सप्तरीमा आफूले खरीद गर्ने शेयरको कित्ता खुलाई ३५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ ।
३५ दिनको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरीदको लागि आवेदन नपरेमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिहरुलाई शेयर विक्री गरिने संस्थाले जनाएको छ ।