Connect IPS
IME Life

लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिहीबार लगानीकर्ताको सर्वाधिक रोजाइमा अरुण भ्याली हाइड्रोपावर परेको छ । अरुण भ्यालीको सबैभन्दा धेरै २ हजार ४१९ पटक कारोबार भयो । आज मात्रै ७ लाख एक हजार कित्ताको खरिद बिक्री भएको छ । त्यस्तै कारोबार रकमका हिसावले दोस्रो धेरै ४८ करोड ८५ लाख रुपैयाँको भएको छ । गत वर्ष मात्रै ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको अरुण भ्यालीले पुनः हकप्रद शेयर निश्कासन गर्ने हल्लाले केहि समयदेखि सर्वाधिक लगानीकर्ताको रोजाइमा पर्दै आएको छ ।

आज सर्वाधिक धेरै गुमाएको रिडी हाइड्रोपावरको सर्वाधिक धेरै कारोबार भयो । बिहीबार यस कम्पनीको मात्रै २ हजार १८१ पटक कारोबार भएको छ । यस कम्पनीले पनि हकप्रद शेयर निष्काशन गर्ने हल्ला फैलाइरहेको छ ।

Prabhu
Crest

लगानीकर्ताको सर्वाधिक तेस्रो रोजाइमा रैराङ हाइड्रोपावर रहेको छ । आज मात्रै यस कम्पनीको ३३ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । आज १८९२ पटक कारोबार भएको देखिन्छ । कम्पनीको शेयर मूल्यमा सर्किट लाग्ने क्रममा ५९ रुपैयाँले बढेर ७०९ रुपैयाँ कायम भएको छ ।

लगानीकर्ताको सर्वाधिक चौथो रोजाइमा युनाइटेड मोदी हाइड्रोपावर रहेको छ । कम्पनीको ३१ करोड २४ लाख रुपैयाँको कारोबार हुँदा शेयर मूल्य भने ४ रुपैयाँले घटेको छ । लगानीकर्ताको अर्को रोजाइ हिमालयन पावर पार्टनर पनि हो । यसको पनि १९ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।

हकप्रदकै हल्लै हल्लामा अपि पावरको पनि केहि समयदेखि सर्वाधिक धेरै कारोबार हुँदै आएको छ । आज सर्वाधिक १० धेरै कारोबार हुने कम्पनीमा आइसिएफसी पनि हो । मूल्य ३९ रुपैयाँले ओरालो झर्दा कारोबार रकम भने बढेको हो ।

सर्वाधिक धेरै कारोबार हुने ८ औ नम्बरमा नेशनल हाइड्रोपावर रहेको छ । कम्पनीको १५ करोड २० लाख रुपैयाँको खरिद बिक्री भएको छ । कम्पनीले पहिलो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्दा मुनाफामा देखिने र लाभांस बाँड्न योग्य हुने हल्ला सँगै केहि समयदेखि लगानीकर्ताको सर्वाधिक आकर्षणमा पर्दै आएको छ ।

त्यस्तै युनिवर्सल पावर र अरुण कावेली पनि लगानीकर्ताको रोजाइमा परेको छ । शेयर बजार लगभग ४०० अंकले घट्दा सबैभन्दा ठुलो गिरावट हाइड्रोपावरमा देखिएको छ । सर्वाधिक मूल्यमा गिरावट सँगै अझै पनि हाइड्रोपावरको शेयरमा लगानीकर्ताले भविष्य देखेका छन् । तुलनात्मक रुपमा अन्य समुहका कम्पनीहरुमा खासै सूचना छैन । तर हाइड्रोपावरहरुले भने भित्र भित्रै हकप्रद र बोनस शेयरको हल्ला चलाउने गरेका छन् । यहि सूचनाकै विचमा लगानीकर्ताको सर्वाधिक आकर्षण हाइड्रोपावरमा देखिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS