IME Life
GBIME

तेह्रथुम पावरको आइपीओ प्री-अलोटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन तथा विक्री गरेको आइपीओ प्री – अलोटमेन्ट सम्पन्न भएको छ । प्रि -अलटमेन्ट सम्पन्न भएसँगै कम्पनीले आइपीओ बाँडफाँड स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ । बोर्डको अनुमतिपछी कम्पनीको आइपीओ भदौ २५ गते शुक्रबार बाँडफाँड गरिने विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाखभन्दा बढीले आवेदन दिएका थिए विक्री प्रबन्ध एनआईविएल एस क्यापिटलका अनुसार २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका हुन् ।

Crest

कम्पनीले भदौ ९ गतेबाट सर्वसाधारणलाई २० प्रतिशत अर्थात आठ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर बिक्री गरेको हो । कम्पनीको कुल शेयरको २ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिने व्यवस्था थियो । कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबोनमा निवेदन पेश गरेकोमा थियो ।

यसअघि नै कम्पनीले जारी पूँजीमध्ये १० प्रतिशत अर्थात चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न गरीसकेको छ ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS