Connect IPS
IME Life

गभर्नर बर्खास्तको माग राख्दै पूँजी बजार संघर्ष समिति आन्दोलनमा, माग पुरा नभए आमरण अनसन बस्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको बर्खास्तको माग गर्दै पूँजी बजार संघर्ष समिति आन्दोलनमा उत्रिएको छ । कोरोना महामारीबाट आक्रान्त नेपालको समग्र अर्थतन्त्रलाई टेवा दिई आर्थिक सुचकहरुलाई चलायमान बनाउनमा योगदान गरेको पूँजी बजारलाई राज्य र यसका नियन्त्रीत नियामक निकायहरुबाट भइरहेको बारम्बारको अस्वाभाविक र असामयिक हस्तक्षेप र नियन्त्रणका विरुद्ध पूँजी बजार सुधार संघर्ष समितिले १८ बुँदे माग राखेको छ ।

Prabhu
Crest

संघर्ष समितिले पूँजी बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नियमन एवं सुपरिवेक्षण गर्ने सर्वोपरि संस्थाहरु र अधिकार प्राप्त व्यक्तिहरुले बेला बेलामा पूँजी बजारको बिकास विपरितका काम र कदमहरुको विरुद्धमा खवरदारी गर्दै आएको छ ।

फेरि पनि एक पछि अर्को गरि उक्त संस्थाको अधिकार प्राप्त पदमा बसेर समग्र पूँजीबजारलाई नकारात्मक प्रभाव पर्ने विभिन्न गतिविधिहरु भैरहेको भन्दै आज नेपाल राष्ट्र बैंकका गभर्नरको बर्खास्तीको माग गरेको छ ‍।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को २०(ग) अनुसार अयोग्य गभर्नरद्वारा बेलाबेलामा उदासिनता, गैरजिम्मेवारीपना र समग्र लगानीकर्ताको मनोभाव विपरित ल्याएको विभिन्न नीति तथा कार्यक्रमको विरुद्धमा उनिहरुले गर्भनरको राजिनामा माग गरेको छ । संघले राजिनामा सहित १८ बुँदे माग समेत राखेका हुन् ।

मागहरु

१. नेपाल राष्ट्र बैंकबाट पूँजी बजारको अस्तित्वनै धरापमा पार्ने गरि विभिन्न समय समयमा नियोजित रुपमा तयार गरिएका नीति कार्यक्रम र कार्यनीतिहरुले समग्र पूँजीबजार अगाडि बढ्न सकिरहेको छैन । त्यसकारणले गभर्नरज्यूको तत्काल राजिनामाको माग गर्दछौं ।

२. विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर, तत्कालीन अर्थमन्त्रीद्वारा पारित गरिएको ५८ बुँदे सहमतिलाई अक्षरस पालना गर ।

३. मौलिक हक अन्तर्गतको सम्पत्तीको हकमाथि प्रहार गरि नेपाल राष्ट्रबैंकले मार्जीन/शेयर प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सिमा लगाएको छ । मौद्रिक नीतिमार्फत समग्र पूँजी बजारको बिकासको बाधक बनेको यो व्यवस्था तुरुन्त खारेज गर ।

४. लघुवित्त कम्पनीहरुले २०% भन्दा माथिको बोनस शेयर वितरण गर्दा ५०% रिजर्व राख्नुपर्ने अनुचित र अव्यवहारिक व्यवस्थालाई तत्काल खारेज गर ।

५. १% बाट १.३% हुनेगरि बढाइएको असल कर्जा (Provisioning) सम्बन्धी व्यवस्थालाई तत्काल खारेज गरि १% नै कायम गर ।

६. बैंक तथा वित्तिय संस्थाहरुबाट शेयर धित्तोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको विद्यमान समयावधीलाई संशोधन गरि पुरानै व्यस्था अनुसार १२० दिनको औषत मुल्य कायम गर।

७. अरु सबै क्षेत्रमा प्रवाह हुने कर्जा जस्तै शेयर कर्जालाई पनि Total Lending fund मा समावेश गर।

८. COVID-19 को महामारीले गर्दा पछाडी परेको समग्र अर्थतन्त्रलाई उकास्न र राहत पुग्ने गरि मुद्दती निक्षेप ब्याजदर न्यूनतम कायम गर ।

९. बैंक तथा वित्तीय संस्थाहरुले शेयर बजार मार्फत शेयर खरिद बिक्री गर्न रोक लगाउने गरि जारि गरिएको निर्देशन तत्काल खारेज गरि बैंक तथा वित्तीय संस्थाहरुले पूँजी बजारमा लगानी गर्नपाउने पुरानै व्यवस्था कायम गर ।

१०.अत्याधिक र असमान ब्रोकर कमिसनलाई घटाएर ०.१० % Flat Rate Basisमा कायम गर ।

११. बृहत आर्थिक चलखेल गरि साना लगानीकर्तालाई लुटन र बजारबाट बहीर्गमन गर्ने उद्देश्यले ल्याउन लागिएको Book Building तत्काल खारेज गरि रु.१०० Par Value मै IPO जारि गर्ने व्यवस्था गर ।

१२.१० कित्ता IPO को आवेदन दिन पाउने व्यवस्था कायमै गर ।

१३. दिनहूँ रुपमा बढिरहेको पूँजी बजारको आकार र पूँजी बजार प्रतिको आकर्षणलाई मध्यनजर गरी सिमिति संख्यामा खोलिएका ब्रोकरको संख्या थप गर्नुको साथै बैंक तथा अन्य सूचिकृतसंस्थालाई ब्रोकर लाइसेन्स दिने निर्णय तत्काल कार्यान्वयन गर ।

१४.ब्रोकर कम्पनीहरुबाट हुने विभिन्न अनुचित कार्यहरु जस्तैः फोन नउठाउने, बिक्रि गरेको शेयरको पैसा उचित समयमा नतिर्ने, समयमा खातामा शेयर नहाल्ने जस्ता गतिविधिहरु गर्ने ब्रोकरहरुको छानविन गरी त्यस्ताब्रोकरहरु लाइसेन्स तुरुन्त खारेज गर ।

१५.FI, FDI, र FPI लाई मन्त्रिपरिषद्बाट पास गराएर तत्काल सञ्चालन गर्ने व्यवस्था गर ।

१६. TMS मा Trading Timeमा भैरहेको प्राविधिक समस्यालाई व्यवस्थित तरिकाले तत्काल समाधान गर ।

१७.Capital Gain Tax लाई ७.५% बाट पुनः घटाएर पुरानै ५% व्यवस्था लागु गरी Long Term Capital Gain Tax, C-ASBA Charge र सोबोन Tax लगायतका आम नेपाली शेयर लगानीकर्ताहरु माथि थोपरिएका विविध करहरु तत्काल खारेज गर ।

१८.नियामनकारी निकायहरुले जारी गर्ने नीतिहरु कम्तिमा ३ वर्षका लागि स्थायी हुनु पर्ने व्यवस्था तत्काल लागू गर ।

संघर्षका कार्यक्रमहरुः

क) मिति २०७८ भाद्र २१ गते सोमबार विहान ११ बजे शंकरदेव क्याम्पस पुतली सडक, काठमाण्डौमा भेला भई शंकरदेव क्याम्पस अगाडिबाट वृहत र्याली लिएर गई नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय, बालुवाटार अगाडि धर्ना प्रर्दशन ।

ख) उल्लेखित मागहरु सम्बोधन नभएमा मिति २०७८ भाद्र २३ गतेदेखि २९ गते सम्म दैनिक दिउँसो ३ बजे देखि ५ बजे सम्म नेपाल राष्ट्रबैंक केन्द्रीय कार्यालय अगाडि रिले अनशन कार्यक्रम।

ग) उक्त दवाब कार्यक्रमहरुका बावजुद आम लगानीकर्ताहरुको मागहरु सम्बोधन नभएको खण्डमा मिति २०७८ भाद्र ३० गते देखि पूँजी संघर्ष समितिको नेतृत्वमा नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय अगाडि आमरण अनशन बस्ने कार्यक्रम ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS