IME Life New

एक महिनामै जीवन बीमा कम्पनीले संकलन गरे १६ अर्ब ६१ करोड बीमा शुल्क(सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको साउन महिनामा १६ अर्ब ६१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङक अनुसार संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले साउन महिनामा ८५ लाख ८७ हजार ४४ वटा बीमा पोलिसी जारी गरि १६ अर्ब ६१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

समितिको तथ्याङ्क अनुसार साउन महिनामा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले ३ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्म १ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) ले यस अवधिसम्ममा १ अर्ब बीमा शुल्क आर्जन गरेको छ ।

यूनियन लाइफले ७६ करोड रुपैयाँ, एशियन लाइफले ६३ करोड रुपैयाँ, सूर्या लाइफले ५२ करोड रुपैयाँ, मेट लाइफले ४९ करोड रुपैयाँ, सिटिजन लाइफले ४५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरी चालु आर्थिक वर्षको पहिलो महिनामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ४० ४० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइएमई लाइफले ३४ करोड रुपैयाँ, प्रभु लाइफले ३४ करोड रुपैयाँ, ज्योति फाइफले ३३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ३० करोड रुपैयाँ, सन नेपाल लाइफले २९ करोड रुपैयाँ, रिलायन्स लाइफले २८ करोड रुपैयाँ, सानिमा लाइफले १४ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS