Connect IPS
IME Life

बीमा कम्पनीहरुले साउन महिनामा संकलन गरे १९ अर्ब अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो एक महिनामा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको पहिलो एक महिनामा १३ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका थिए । गत वर्षको यहि अवधिमा कम्पनीले २७ दशमलब ३८ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले पनि चालु आर्थिक वर्षको पहिलो महिनामा २ अर्ब ९९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत वर्षको एक महिनामा २ अर्ब ७० करोड रुपैयाँ संकलन गरेका थिए । गत वर्षको तुलनामा १० दशमलब ७४ प्रतिशतले सुधार भएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले भने १९ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

Prabhu
Crest

साउन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ८० लाख ९ हजार वटा पोलिसी बिक्री गरेका छन् । गत वर्षको साउन महिनाको तुलनामा जीवन बीमा पोलिसी संख्या १३.४३ प्रतिशतले बृद्धि भएको हो । बैदेशिक रोजागारीमा जानेहरुले खरिद गर्ने बीमालेख भने ३२.९० प्रतिशतले बृद्धि भएको छ । कोभिड १९ का कारण बैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमि आए सँगै यस्तो बीमालेख संख्या पनि घटेको हो । साउन मसान्तसम्ममा यस्तो बीमा लेख ५ लाख ७७ हजार वटा रहेको छ । गत वर्षको साउन महिनामा ८ लाख ६० हजार वटा थियो ।

बीमा समितिका अनुसार बीमाको दायरामा आएको जनसंख्या २४.९९ प्रतिशत रहेको छ । गत वर्षको साउन महिनामा २२.३१ प्रतिशत थियो । बैदेशिक रोजगारीमा गएका नेपालीहरुले खरिद गरेको बीमालेख लाई जोड्ने हो भने बीमाको पहुँच २६.८९ प्रतिशत रहेको समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS