Connect IPS
IME Life

एनएमबि सरल बचत फण्ड – इ मा आजबाट आवेदन दिन सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि सरल बचत फण्ड – इ (खुलामुखी योजना)ले  प्रति इकाई मूल्य रु. १० दरको १०,००,००,००० (दश करोड) इकाईको ४०% अर्थात ४,००,००,००० (चार करोड) इकाई प्रथम चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरेको छ  । उक्त निष्काशन गरिने इकाई मध्ये योजनाको कुल आकारको १४ प्रतिशत इकाई अर्थात् १,४०,००,००० (एक करोड चालीस लाख) कोष प्रवद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १०,००,००० (दश लाख) योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखी बाँकी २,५०,००,००० (दुई करोड पचास लाख) इकाईको सार्वजनिक निष्काशन गरिनेछ ।

इकाई बिक्री भाद्र १७ गते (आज)  देखि खुला  हुने छ भने छिटोमा भाद्र २१ र ढिलोमा भाद्र ३१ गते बन्द हुने छ।

Prabhu
Crest

योजनाको नाम :  एनएमबि सरल बचल फण्ड (NMB Saral Bachat Fund-E )
कोष प्रवद्र्धक : एनएमबि बैंक लिमिटेड
योजना व्यवस्थापक :  एनएमबि क्यापिटल लिमिटेड

आवेदन दिनुपर्ने न्यूनतम इकाई संख्या : १०० (एक सय)
आवेदन गर्न सकिने अधिकतम इकाई संख्या : ४०,००,००० (चालीस लाख)

के हो खुलामुखी योजना ?

खुलामुखी योजना भनेको सर्वसाधारणबाट संकलन गरिने रकमको मात्रा तथा निश्कासनको समय सीमा नतोकी कुनै पनि समयमा लगानीकर्ताहरुलाई इकाईहरु बिक्री गर्न सकिने गरी जारी गरिने सामूहिक लगानी योजनालाई खुलामुखी योजना भनिन्छ । यस प्रकारको योजनामा योजना व्यवस्थापकले जति पनि संख्यामा योजनाका इकाईहरु बिक्री गर्न सक्दछन् र लगानीकर्ताहरुले इकाई बिक्री गर्न आएको खण्डमा पूनःआफैंले खरिद पनि गरिदिन सक्छन् । यस्ता योजनाहरु धितोपत्र विनिमय बजारमा सूचिकृत हुने प्रावधान नेपालमा रहेको पाईंदैन ।

यसै सन्दर्भमा यस एनएमबि सरल बचत फण्ड – इ पनि नेपाल स्टकमा सूचिकृत भने हुनेछैन । यद्यपि यस योजनामा सहभागी भएका इकाइ धनिहरुले आफूले धारण गरेको इकाई बिक्री गर्न चाहेको खण्डमा दैनिक रुपमा जारी हुने प्रतिइकाई खुद सम्पत्ती मूल्यमा योजना व्यवस्थापक तथा प्रबद्र्धकलाई बिक्री गर्न सक्नेछन् । त्यसैगरी यसरी खरिद वा बिक्रि कार्य सञ्चालनको लागि योजना व्यवस्थापक तथा प्रबद्र्धकले अन्य संस्थाहरुलाई वितरक तोकेर समेत सो खरिद वा बिक्री कार्य गर्न वा गराउन सक्नेछन ।

इकाईधनी (योजनाका सहभागी) लाई प्राप्त हुने अधिकार तथा सेवा :
(क) आफूले खरीद गरेको योजनाको इकाईअभौतिक रुपमा योजना व्यवस्थापकले बाँडफाँड भए पश्चात आवेदकको हितग्राही खातामा
बाँडफाँटमा परेको शेयर वितरण÷जम्मा प्राप्त हुनेछ ।
(ख) योजनाले वितरण गरेको प्रतिफल प्राप्त गर्ने ।
(ग) योजनाको लगानी नीति, उद्देश्य तथा वित्तीय अवस्था बारे जानकारी प्राप्त गर्ने ।
(घ) योजनाले वितरण गरेको लाभांश प्राप्त गर्ने ।
(ङ) योजना अन्तर्गतका आफ्ना नाममा रहेका इकाईहरु आफ्नो सम्पत्ति सरह वितरकको माध्यमबाट बिक्रीगर्ने तथा खरीद गरिएका
इकाईहरु आफ्नो डिम्याट खातामा प्राप्त गर्ने ।
(च) योजना व्यवस्थापकको कार्यसम्पादन सम्बन्धमा वा योजना खारेजीका सम्बन्धमा आफ्नो मत राख्ने ।
(छ) योजना संचालनका सम्बन्धमा कुनै गुनासा भए योजना व्यवस्थापक, कोष सुपरिवेक्षक तथा बोर्डमा गुनासोराखी समाधान गराउने ।
(ज) योजनाको कार्यसम्पादनसँग सम्बन्धित खुद सम्पत्ति मूल्य, लगानीको अवस्था तथा योजनाको वित्तीय विवरण नियमावलीले व्यवस्था
गरे बमोजिम प्राप्त गर्ने ।

योजना व्यवस्थापकको बारेमा जानकारी :

यस खुलामुखी म्युचुअल फण्डको योजना व्यवस्थापकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्ने छ। कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०६७÷०२÷०५ मा दर्ता भएको यस कम्पनीले मिति २०६७/०५/०७ मा मर्चेन्ट बैंकरको रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकिङ्ग सेवाहरु – निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति तथा शेयर रजिष्ट्रार सेवाहरु प्रदान गर्दै आएकोछ, साथै कम्पनीले मिति २०७०/०२/१० मा नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य गर्ने र मिति २०७५/०८/१७ मा लगानी परामर्शको कार्य गर्ने अनुमति प्राप्त गरेको छ ।

एनएमबि क्यापिटल लिमिटेडको संचालक समिति :

एनएमबि क्यापिटल लिमिटेडको संचालक समितिको अध्यक्षमा श्री पशुपती मुरारका कार्यरत छन् भने संचालक समितिको सदस्यमा  श्री मनिष जैन, श्री हरिश्चन्द्र सुवेदी, श्री योगेन्द्र बहादुर थापा क्षेत्री र श्रीमती सुनिती श्रेष्ठ हाडा कार्यरत छन्।

एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापक समिति :

योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडको नि. प्रमुख कार्यकारी अधिकृतमा श्री कमल प्रसाद नेपाल कार्यरत छन्।

नि. प्रमुख कार्यकारी अधिकृतको अनुभव :

प्रमुख संचालन अधिकृत–एनएमबि क्यापिटल लिमिटेड (२०६७ – हालसम्म)
प्रबन्धक – गरिमा विकास बैंक लिमिटेड (२०६६ – २०६७)
प्रबन्धक – अल्पाईन डेभलपमेन्ट बैंक लिमिटेड (२०६४ – २०६६)
वरिष्ठ अधिकृत – पश्चिमाञ्चल ग्रामीण विकास बैंक लिमिटेड (२०५३ – २०६४)

म्युचुअल फण्ड संचालनमा अनुभवी एनएमबि क्यापिटल :

एनएमबि क्यापिटल योजना व्यवस्थापकको रुपमा आउने यो चौथो म्युचुअल फण्ड हो ।  एनएमबि म्युचुअल फण्ड अन्तर्गत यस अघि ७ वर्ष अवधिको एनएमबि हाईब्रिड फण्ड एल – १ र ७ वर्ष अवधिको एनएमबि फिफ्टीसञ्चालनमा रहेको छ भने ५ वर्षे अवधिको एनएमबि शुलभ इन्भेस्टमेन्ट फण्ड १ को समय सकिसकेको छ ।

एनएमबि सरल बचल फण्डका कोष सुपरिवेक्षक :

श्री अशोक राज पाण्डे, डा. विपिन चन्द्र,  श्री कृष्ण ज्ञवाली,  श्री नन्द किशोर शर्मा र श्री ऋषिकेश वाग्ले

योजनाले लगानी गर्ने क्षेत्र :
इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकमलाई सामूहिक लगानी कोष नियमावलीको नियम ३४ र ३६ बमोजिम देहाय बमोजिमको कुनै वा सबै क्षेत्रमा मात्र लगानी गरिने छ ।
(क)बोर्डमा दर्ता भएको धितोपत्र
(ख)सार्वजनिक निष्काशन भएको धितोपत्र
(ग) धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्र
(घ) नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था
वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी वील तथा मुद्रा बजारका अन्य साधनहरु
(ङ) बैंक निक्षेप
(च)मुद्रा बजार उपकरण
(छ)बोर्डले तोकिदिएको अन्य क्षेत्र

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS