IME Life New

रिलायबल नेपाल ५ औं वर्षमा प्रवेश, स्थापनाको छोटो अवधिमै सर्वाधिक बीमा पोलिसी जारी गर्न सफल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योन्स कम्पनी ४ वर्ष पुरा गरी ५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ भदौ १५ गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । स्थापना कालको छोटो अवधिमै पुराना जीवन बीमा कम्पनीलाई टक्कर दिदै सर्वाधिक जीवन बीमा पोलिसी बिक्री गर्न सफल भएको छ ।

Crest

नोट: पोलिसी संख्याका आधारमा बजार हिस्सा गणना गरिएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६४ मंसिर १८ गते नै पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई झण्डै १० वर्ष पछि अर्थात २०७४ साउन १८ गते बीमा समितिबाट जीवन बीमा सम्बन्धी कारोबार गर्ने इजाजतपत्र ‘लाइसेन्स’ प्राप्त गरेको थियो । एक दशक गर्भावस्थामै रहेर लाइसेन्स प्राप्त गरेको यस कम्पनीले गत असार मसान्तसम्ममा ३६ लाख ९ हजार ६७८ वटा पोलिसी बिक्री गर्न सफल भइसकेको छ । जारी भएको पोलिसी संख्याको आधारमा कम्पनीको बजार हिस्सा सर्वाधिक धेरै ३४ दशमलब २६ प्रतिशत रहेको छ । कम्पनीले न्युन आय भएका वर्गलाई माइक्रोफाइनान्स मार्फत माइक्रोपोलिसी बिक्री गर्ने क्रममा सर्वाधिक पोलिसी जारी गर्न सफल भएको हो ।

कम्पनीका प्रवर्द्धकहरुमा ग्लोबल आइएमई बैंक, सेञ्चुरी कमर्सियल बैंक तथा नेपालका प्रतिष्ठित उद्योगी व्यवसायी, बैंकर, अर्थशास्त्रीहरु लगायतका व्यक्तित्वहरुको प्रतिनिधित्व रहेको छ । चुस्त अनुभवी र लगनशिल व्यवस्थापनबाट संचालित यस कम्पनीले ७ वटै प्रदेशमा प्रदेश कार्यालयहरु सहित विभिन्न स्थानहरुमा शाखा तथा एजेन्सी कार्यालयहरु सञ्चालनमा ल्याएको छ । हाल ८२ वटा भन्दा धेरै शाखा कार्यालय मार्फत जीवन बीमाको सेवा प्रदान गरिरहेको छ । यस अवधिमा १५ हजार भन्दा धेरैलाई अभिकर्ता बनाउन सफल भएको छ ।

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम सहितको प्राथमिक शेयर निष्काशनको अभ्यास सुरु गरेको कम्पनीले ११२ रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २१२ रुपैयाँमा ६० लाख कित्ता आइपिओ निष्काशन गर्न गैइरहेको छ । कम्पनीको यस कार्यले जगेडा कोषमा ६७ करोड २० लाख रुपैयाँ जम्मा हुनेछ । कम्पनीले स्थापनाको ४ वर्षको अवधिमा जीवन बीमा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीले प्रत्यक्ष अप्रत्यक्ष कम्पनीलाई सहयोग गर्ने व्यक्ति तथा संस्था, बीमित, अभिकर्ता, नियामक निकाय बीमा समिति, शेयरधनी, अभिकर्ता, कर्मचारी लगायतलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS