IME Life New

नेपाल लाइफले नेशनल मर्चेन्ट किन्यो, बन्ने भयो बीमा क्षेत्रको दोस्रो मर्चेन्ट बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेशनल मर्चेन्ट बैंकर लिमिटेड बीच शेयर लगानी स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । शुक्रबार  आयोजित एक कार्यक्रममा नेपाल लाइफले नेशनल मर्चेन्ट प्राप्ती गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा  नेपाल  लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष  प्रसाई  र नेशनल मर्चेन्ट बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नबिन बास्कोटाले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

संझौतापछि नेशनल मर्चेन्ट बैंकर लिमिटेडमा नेपाल  लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत शेयर स्वामित्व कायम भई नेशनल मर्चेन्ट बैंकर लिमिटेड बीमा क्षेत्रको दोस्रो मर्चेन्ट बैंक हुनेछ ।नेपाल लाइफले उक्त शेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पूँजी रु. ३० करोड हुनेछ ।

कार्यक्रममा दुबै कम्पनीका संचालक समितिका अध्यक्षहरु र सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रममा नेपाल लाइफका नायब महाप्रबन्धक अमित कयालले नेपाल लाइफ इस्योरेन्सले आफ्नो लगानी मर्चेन्ट  बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए  । नेशनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत नबिन बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै हाल कम्पनीले  लगानी व्यवस्थापन र निक्षेप सेवा ‘डिपी’ प्रदान गर्दै आएकोमा भविष्यमा नियामक निकायबाट स्वीकृती लिई अन्य मर्चेन्ट बैंकिङ सेवाहरु पनि प्रदान गरि  एउटा भरोसापूर्ण एवं बलियो  मर्चेन्ट बैंकर कम्पनीको रुपमा काम गर्दै जाने बताए   ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत  सन्तोष प्रसाईले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा सवैको विश्वास जितेर उत्कृष्ठ ब्राण्ड रहन सफल भएको बताउँदै अब नेशनल मर्चेन्ट बैंकरलाई पनि नेपालको पूँजीबजारमा सफल कम्पनीको रुपमा स्थापित गरिने बताए ।

नेशनल मर्चेन्ट बैंकर  लिमिटेडको आज सम्पन्न आठौं वार्षिक साधारण सभाले  शेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको र शुक्रबार नेपाल लाइफसँग भएको सम्झौता अनुमोदन गरेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS