IME Life New

जीवन विकास र महिला लघुवित्तका शेयरधनीले कमाए आधा लाख, कति पुग्ला जीवन विकासको शेयर मूल्य ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय प्राथमिक शेयर निष्काशन गरेका दुई लघुवित्त वित्तीय संस्थाका सर्वसाधारण शेयरधनीहरुले एक महिनाकै अन्तरालमा एक हजार लगानी गरेर ५० हजार रुपैयाँ भन्दा धेरै कमाइ गरे । जीवन विकास लघुवित्त वित्तीय संस्थाका सर्वसाधारण समुहका शेयरधनीहरुले एक महिनामा ५१ हजार ९८० रुपैयाँ कमाइ सकेका छन् । विगत १९ कारोबार दिनमा लगातार सर्किट लाग्ने क्रममा संस्थाको बजार मूल्य ५१९८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै गत माघमा प्राथमिक शेयर निष्काशन गरेको महिला लघुवित्तका शेयरधनीहरुले पनि एक हजार रुपैयाँ लगानी गरेर ५७ हजार ४९० रुपैयाँसम्म कमाए । लगातार सर्किट लाग्ने क्रममा महिलाको पनि बजार मूल्य ५७४९ रुपैयाँ पुगेको थियो । अहिले संस्थाको बजार मूल्य ४९५० रुपैयाँ रहेको छ ।

Crest

१९ कारोबार दिनमा जीवन विकास लघुवित्तको ४७ हजार १२३ कित्ता शेयर खरिद बिक्री भैइसकेको छ । यस अवधिमा ४५६७ पटक कारोबार भएको छ । केहि म्युचुअल फण्डले ठुलो संख्यामा शेयर बिक्री गरेका छन् भने बाँकी सबै प्राथमिक शेयरधनीहरुले बिक्री गरेका छन् । बिहीबार मात्रै ३९ हजार ८६ कित्ता शेयर खरिद बिक्री भयो । त्यस भन्दा अगाडि खासै कारोबार हुन सकेको थिएन ।

बिहीबारदेखि म्युचुअल फण्डले शेयर बिक्री गर्न सुरु गरेका छन् । तीन वटा म्युचुअल फण्डले बिहीबार मात्रै २४६० कित्ता शेयर बिक्री गरेको देखिन्छ । यस बाहेक सबै सर्वसाधारण शेयरधनीहरुले बिक्री गरेका हुन् । म्युचुअल फण्डले मात्रै प्राथमिक बजारबाट ९८ हजार ८६३ कित्ता शेयर खरिद गरेका थिए । अव उनिहरुले आइतबार र सोमबार बिक्री गरिसक्ने छन् । त्यस पछि भने बजार पुर्ण रुपमा दोस्रो बजार केन्द्रित हुनेछ । बिहीबार खरिद गरिद गरेकाले मात्रै सोमबार मंगलबारदेखि बिक्री गर्न पाउने भएकाले आइतबार एक दिन सर्किट लाग्न सक्ने देखिन्छ । आइतबार पनि दोस्रो बजारमा त्यति धेरै सप्लाइ जादैन ।

संस्थाले एक लाख ८४ हजार ८०१ जना सर्वसाधारण शेयरधनीहरुलाई १० कित्ताको दरले शेयर बाँडफाँड गरेको थियो । हालसम्म केहिले मात्रै शेयर बिक्री गरेका छन् । संस्थाको प्रतिशेयर आम्दानी तथा प्रतिशेयर नेटवर्थ राम्रो भएकाले पनि सर्वसाधारण शेयरधनीहरुले यसको शेयर बिक्री गरिरहेका छैनन् । संस्थाले आगामी वर्षमा राम्रो प्रतिफल दिन सक्ने भएकाले यसको शेयर प्रायः लगानीकर्ताले बिक्री गर्दैनन् । केहि म्युचुअल फण्ड सहित दोस्रो बजारमाबाट लाभ लिने लगानीकर्ता बाहेक अन्यले होल्ड गर्ने भएकाले पनि यसमा अन्य लगानीकर्ताको आकर्षण देखिन्छ ।

महिला लघुवित्त र जीवन विकासलाई तुलनात्मक रुपमा हेर्ने हो भने महिलाको तुलनामा जीवन विकासको शेयर सप्लाइ धेरे छ । दोस्रो बजारलाई सबैभन्दा धेरै शेयर सप्लाइले असर गर्छ । वित्तीय सूचकमा जीवन विकास धेरै अगाडि छ । कर्जा लगानी तथा निक्षेपमा सबैभन्दा राम्रो जीवन विकासलाई पूँजीको आवस्यकता परिसकेको हुनाले राम्रो बोनस शेयर वितरण गर्न सक्नेछ तर नेपाल राष्ट्र बैंकका कारण यसै वर्ष संस्थाले धेरै नै लाभांस दिन सक्दैन । तर आगामी वर्षमा संस्थाले राम्रो लाभांस दिन सक्छ ।

दुई संस्थाको तुलनात्मक विश्लेषण

महिलाको चुक्ता पूँजी १० करोड छ भने जीवन विकासको ६० करोड ८४ लाख रुपैयाँ छ । जसमा जीवन विकासको सर्वसाधारण शेयरधनीको हिस्सा ३२.५० प्रतिशत छ भने महिलाको ४० प्रतिशत छ । अर्को तर्फ दुबैको जगेडा कोष पूँजी भन्दा दोब्बर बढि छ । जीवन विकासको प्रतिशेयर आम्दानी ११३ रुपैयाँ छ भने महिलाको ९२ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS