IME Life New

अहिलेसम्म बुद्धभुमि नेपालको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अहिलेसम्म बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा १२ करोड ३० लाख ७७ हजार बराबरको आवेदन परेको छ । कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुला गरेको थियो ।

कम्पनीको आइपीओमा भदौ १० गतेसम्ममा १६,९३२ जना आवेदकहरुबाट १२,३०,७७० कित्ताका लागि आबेदन माग भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

Esewa
Crest

कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । हालसम्म निष्काशित शेयरको १८० प्रतिशत बराबरको शेयर विक्रि भइसकेकोछ ।

आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । यस्तै छिटोमा भदौ १४ गते सम्ममा र ढिलोमा भदौ २९ गतेसम्ममा आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको आईपोओमा ज्योति विकास बैंक लिमिटेडको  बट्टार, छहरे, देउराली, रानीपौवा, महादेभफाँट, सामरी, समुन्द्रटार, त्रिशुली नुवाकोट, गल्छी धादिङ्ग शाखा, प्रभु बैंक लिमिटेडको बट्टार, महादेभफाँट नुवाकोट शाखा तथा सिभिल र्बैक लिमिटेडको ककनी एक्सटेन्सन काउन्टर, टोखा, चावहिल, गोङ्गबु, स्वयम्भू, कपन तथा मुख्य शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS