IME Life New

माइक्रो पोलिसीलाई फ्ल्याटमै प्रिमियम गणना गर्न नपाइने, उमेरका आधारमा बीमादर तय गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केहि जीवन बीमा कम्पनीहरुले ‘फ्ल्याट बीमा शुल्क’ को आधारमा बीमा शुल्क गणना गर्न थाले पछि बीमा समितिले उमेरका आधारमा बीमाङ्कीबाट बीमा शुल्क गणना गर्न निर्देशन दिएको छ । जीवन बीमा कम्पनीहरुले माइक्रोफाइनान्स मार्फत माइक्रो पोलिसी बिक्री गर्दा फ्ल्याटमा बीमा शुल्क गणना गर्दै आएका छन् ।

अवदेखि उनिहरुलाई समितिले तयार पारिदिएको ‘मोर्टालिटी रेट’ अनुसार एक्चुरीबाट मूल्याङ्कन गरेर मात्रै बीमा शुल्क निर्धारण गर्न निर्देशन दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनले भने ‘हामीले उहाँहरुलाई बीमितको उमेरका आधारमा बीमाङ्कीबाट बीमा शुल्क गणना गराई परिमार्जित बीमादर समितिमा स्वीकृतिका लागि पेश गर्न भनेका छौ ।’

Esewa
Crest

पछिल्लो समय जीवन बीमा कम्पनीहरुले माइक्रोफाइनान्स सँग संझौता गरेर ट्रम पोलिसी बिक्री गरिरहेका छन् । माइक्रोफाइनान्सका सम्पुर्ण उमेर समुहका सदश्यको एउटै बीमा शुल्क गणना हुँदा जोखिम अधिक हुने भएकाले समितिले उमेर समुह अनुसार बीमा शुल्क गणना गर्न निर्देशन दिएको हो । यसका लागि कम्पनीहरुले माइक्रोइन्स्योरेन्स अन्तर्गतको ट्रम पोलिसीमा उमेर अनुसार प्रिमियम दर निर्धारण गर्नु पर्छ ।

कम्पनीहरुले मोर्टालिटी रेट अनुसार एक्चुरीबाट हरेक उमेर समुहको फरक फरक बीमा शुल्क गणना विधि तथा दर तय गर्नु पर्छ । पोलिसी संख्या धेरै देखाउन तथा व्यवसाय बढाउन बीमा कम्पनीहरुले विभिन्न संघ संस्था तथा लघु वित्त वित्तीय संस्थाका ग्राहकहरुको एकमुष्ठ बीमा गराउने गरेका छन् । लघु वित्त वित्तीय संस्थाले पनि आफ्नो ग्राहकको बीमा गराउने भन्दै यस्तो बीमा गराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS