IME Life New

बिमा अभिकर्ता इजाजतपत्र नविकरण मंगलवारदेखि सुरु, तपाईको छुट्ला नि….

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं, चैत्र २१ ।बीमा समितिले अभिकर्ताको इजाजतपत्र मंगवारदेखि नविकरण कार्य सुरु गरेको छ । चैत्र मसान्तपछि इजाजतपत्रको नविकरणको प्रारम्भिक म्याद सकिने भएकाले नविकारण कार्य धमाधम भएको हो ।

बीमा ऐन, २०४९ को दफा ३१ अनुसार अभिकर्ताले इजाजतपत्र नवीकरणका लागि प्रत्येक वर्षको चैत मसान्तभित्र तोकिएको दस्तुरसहित समितिमा निवेदन दिनुपर्ने हुन्छ ।

Crest

इजाजतपत्र नवीकरण गर्न २ सय रुपैयाँ दस्तुर लाग्ने समितिले बताएको छ । यदि तोकिएको म्यादभित्र कुनै अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न नसकेमा कारण खुलाई समितिमा निवेदन दिनुपर्नेछ । समितिले सो कारण मनासिब देखेमा तोकिएबमोजिम थप दस्तुर लिई बढीमा ६ महीनाको म्याद थप गरिदिन सक्नेछ ।

थप म्यादमा वैशाख १ गतेदेखि जेठ मसान्तभित्र इजाजतपत्रको नवीकरण गरेमा थप १ सय रुपैयाँ दस्तुर लाग्नेछ । यदि सो अवधिमा पनि नवीकरण नगरेमा असोज मसान्तभित्र दिनको ५ रुपैयाँको दरले थप दस्तुर तिरेर इजाजतपत्रको नवीकरण गर्न सकिनेछ ।

फागुन १५ गतेसम्मको तथ्याङ्कअनुसार निर्जीवन र जीवन बीमा गरेर यो वर्ष ३८ हजार ८ सय ३३ जनाले इजाजतपत्र लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS