IME Life New

नयाँ जीवन बीमा कम्पनीले पुरानाको बजार हिस्सा खोस्दै, तीन कम्पनीको हातमा ५१.५० प्रतिशत व्यवसाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ जीवन बीमा कम्पनीहरुले आक्रामक रुपमा व्यवसाय बिस्तार गर्दा पुराना कम्पनीको हिस्सा गुम्दै गएको छ । संख्यात्मक रुपमा पुराना बीमा कम्पनीको बजार सुधार भैइरहदा बजार हिस्सा भने गुमाउन पुगेका हुन्। दुई वर्ष अगाडि नेपाल लाइफको बजार हिस्सा ३५ प्रतिशत माथि थियो । यस अवधिमा नयाँ तथा पुराना बीमा कम्पनीहरुले आक्रामक रुपमा बजार विस्तार गर्दा हिस्सा घटेको हो । जवकी नेपाल लाइफको व्यवसायमा भने राम्रो सुधार भैइरहेको छ ।

गत वर्ष सबैभन्दा धेरै बजार हिस्सा गुमाउनेमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफले गत वर्ष २.८८ प्रतिशत विन्दुले बजार हिस्सा गुमाउन पुगेको छ । अघिल्लो वर्ष २९.८१ प्रतिशत हिस्सा रहेको नेपाल लाइफको गत वर्ष २६.९४ प्रतिशतमा झरेको हो । तर यस अवधिमा कम्पनीको जीवन बीमा शुल्क आर्जन १६.९३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले खुद बीमा शुल्क आर्जन १६.९३ प्रतिशतले सुधार गर्दै ३१ अर्ब ९६ करोड रुपैया संकलन गरेको छ ।

Esewa
Crest

त्यस्तै दोस्रो धेरै बजार हिस्सा गुमाउनेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । एलआईसीले १.८२ प्रतिशतले बजार हिस्सा गुमाएको छ । एलआईसीले बजार हिस्सा १६.१८ प्रतिशतबाट १४.३६ प्रतिशतमा खुम्चिएको छ । तेस्रो स्थानमा रहेको नेशनल लाइफले भने यस वर्ष ०.२७ प्रतिशत विन्दुले बजार हिस्सा सुधार गर्न सफल भएको छ । नेशनल लाइफको बजार हिस्सा १०.२१ प्रतिशत रहेको छ । कम्पनीले गत वर्ष खुद बीमा शुल्क आर्जन ३२ प्रतिशतले सुधार गर्दै १२ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ ।

तीन वटा कम्पनीले लगभग ५१.५० प्रतिशत बजार ओगटेका छन् । नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नेशनल लाइफले नै ५१ प्रतिशत बजार ओगट्दा बाँकी १६ कम्पनी ४९ प्रतिशत बजार लिएर बसेका छन् । पाँच वर्ष अगाडि नेपालमा बीमाको पहुँच जम्मा ७/८ प्रतिशत मात्रै थियो । यस अवधिमा नयाँ जीवन बीमा कम्पनी आए साथै पुराना कम्पनीहरुको पनि पूँजी बृद्धि योजनाले आक्रामक रुपमा बजार विस्तार गर्न पुगे । नयाँ कम्पनी आउदा पुरानाले बजार विस्तार गर्ने राम्रो अवसर पाए । पुरानाको बोनसदर, बीमा कोष र व्यवस्थापन राम्रो थियो । यसलाई सदुपयोग गर्दै उनिहरु बजार विस्तारमा सफल देखिए ।

यस अवधिमा सुस्त अवस्थामा रहेका पुराना कम्पनीलाई नयाँले उछिनिसकेका छन् । नयाँ मध्ये सबैभन्दा धेरै युनियन लाइफ आक्रामक देखिएको छ । गत वर्ष युनियनले ०.६१ प्रतिशत विन्दुले बजार विस्तार गर्दै ५.५५ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।

गत वर्ष पुराना कम्पनीहरु एशियन लाइफ, मेट लाइफ, प्राइम लाइफको बजार हिस्सा खुम्चिएको छ । नयाँ जीवन बीमा कम्पनी प्रभु र महालक्ष्मी लाइफको पनि अघिल्लो वर्षको भन्दा बजार हिस्सा केहि खुम्चिएको छ । यस बाहेक गत वर्ष नेशनल लाइफ, युनियन लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, सिटिजन लाइफ, ज्योति लाइफ, रिलायबल नेपाल लाइफ, आईएमई लाइफ, रिलायन्स लाइफ, सन नेपाल लाइफ, सानिमा लाइफले बजार हिस्सा बढाउन सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS