IME Life New

अभिकर्ताले लिए १४ अर्ब २५ करोड कमिसन, खुद बीमा शुल्कको १२ % अभिकर्तालाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसायमा भएको बृद्धि सँगै अभिकर्ताको कमिसन पनि ३४.२३ प्रतिशतले बृद्धि भएको छ । अभिकर्ताले गत आर्थिक वर्षमा १४ अर्ब २५ करोड रुपैयाँ कमिसन बुझेका हुन् । उनिहरुले अघिल्लो आर्थिक वर्षमा १० अर्ब ६२ करोड रुपैयाँ प्राप्त गरेका थिए ।

गत वर्ष जीवन बीमा व्यवसाय २९.४६ प्रतिशतले बृद्धि भएको थियो । कम्पनीहरुले एक खर्ब १८ अर्ब रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा अभिकर्ताले भने १४ अर्ब २५ करोड रुपैयाँ कमिसन तथा इन्सेन्टिभ प्राप्त गरेका हुन् । बीमा कम्पनीहरुको अभिकर्ताका लागि औषतमा १२ प्रतिशत खर्च भएको छ ।

Esewa
Crest

पोलिसी बिक्री गरेको सुरुको दुई वर्षको बीमा शुल्क मार्फत अभिकर्ताले ६ देखि २० प्रतिशतसम्म कमिसन प्राप्त गर्ने नियम छ । त्यस पछि १० वर्षको अवधिसम्म ५ प्रतिशत कमिसन प्राप्त गर्न सक्छन् । बीमा कम्पनीहरुको रिन्युअल प्रिमियम भन्दा प्रथम बीमा शुल्क धेरै भएकाले यस्तो कमिसन धेरै देखिएको छ । बीमा कम्पनीहरु पछिल्लो समय बीमा व्यवसाय विस्तारमा आक्रामक छन् ।

गत वर्ष सबैभन्दा धेरै नेपाल लाइफका अभिकर्ताहरुले तीन अर्ब ५५ करोड रुपैयाँ कमिसन तथा इन्सेन्टिभ प्राप्त गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस्तो कमिसन १३ प्रतिशतले बृद्धि भएको हो । त्यस्तै अभिकर्ताका लागि दोस्रो धेरै खर्च गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । कर्पोरेसनले एक अर्ब ६८ करोड रुपैयाँ अभिकर्ताका लागि खर्चिएको छ ।

त्यस्तै अर्ब भन्दा माथि खर्चिनेमा क्रमश नेशनल लाइफ र युनियन लाइफ छन् । नेशनलले एक अर्ब ३३ करोड रुपैयाँ र युनियनले एक अर्ब २० करोड रुपैयाँ खर्चिएको हो । सबैभन्दा धेरै सानिमा लाइफको १२३ प्रतिशतले अभिकर्ता कमिसन बृद्धि भएको छ । यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १३३ प्रतिशतले बृद्धि भएको छ । सानिमाको अभिकर्ता कमिसन मात्रै ३४ करोड ४७ लाख रुपैयाँ खर्च भएको छ ।

एशियन लाइफले अभिकर्ताका लागि ७१ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा अभिकर्ता कमिसन ५० करोड ३४ लाख रुपैयाँ थियो । नयाँ जीवन बीमा कम्पनी सिटिजन लाइफको अभिकर्ता कमिसन ७५ प्रतिशतले बढेर ६२ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

बाँकी जीवन बीमा कम्पनीहरुले क्रमश गुराँस लाइफ ५३ करोड ४२ लाख रुपैयाँ,  आईएमई लाइफ ५१ करोड ५७ लाख रुपैयाँ, सूर्या लाइफ ४८ करोड ५४ लाख रुपैयाँ, मेट लाइफ ४८ करोड ३६ लाख रुपैयाँ, ज्योति लाइफ ४६ करोड ३३ लाख रुपैयाँ, प्राइम लाइफ ४३ करोड ९ लाख रुपैयाँ, रिलायबल नेपाल ४२ करोड ७६ लाख रुपैयाँ, रिलायन्स ४१ करोड ७६ लाख रुपैयाँ, सानिमा लाइफ ३४ करोड ४७ लाख रुपैयाँ, सन नेपाल ३२ करोड ४५ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थान २६ करोड ८८ लाख रुपैयाँ, प्रभु लाइफ २२ करोड २१ लाख रुपैयाँ, महालक्ष्मी लाइफ २१ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

नयाँ कम्पनीहरुमा अभिकर्ताको लागि अत्याधिक खर्च

पुराना जीवन बीमा कम्पनीहरुको तुलनामा नयाँ जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिसन अत्याधिक रहेको छ । महालक्ष्मी लाइफले खुद बीमा शुल्क आर्जनको १९.६१ प्रतिशत अभिकर्ता कमिसनका लागि खर्चिएको छ । सबैभन्दा नयाँ कम्पनी भएकाले महालक्ष्मी लाइफको प्रथम बीमा शुल्क आर्जन धेरै छ । दुई वर्षको प्रथम बीमा शुल्क धेरै भएकाले पनि महालक्ष्मी लाइफको अभिकर्ता कमिसनको अनुपात धेरै देखिएको हो ।

राष्ट्र सेवक कर्मचारीको बीमा गर्ने राष्ट्रिय बीमा संस्थानको अभिकर्ताका लागि हुने खर्च सबैभन्दा कम छ । कम्पनीले खुद बीमा शुल्क आर्जनको जम्मा ३.५५ प्रतिशत मात्रै अभिकर्ताका लागि कमिसन भुक्तानी गरेको छ । ५० प्रतिशत हाराहारी राष्ट्र सेवक कर्मचारीको बीमा बापतको बीमा शुल्क रहेकाले पनि यस्तो कमिसन कम देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS