काठमाडौं । आज शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । आज २२८ वटा कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, अपि पावर कम्पनीको ६३ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको ५९ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ५७ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ज्योति विकास बैंकको ५६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।