काठमाडौं । आज शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । आज शेयर बजार नेप्से परिसुचक ३७ दशमलव ८७ अंकले बढेर ३,१९८ दशमलव १९ को विन्दुमा कायम भएको छ । काज कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज ११८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २२८ वटा कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, अपि पावर कम्पनीको ६३ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको ५९ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ५७ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ज्योति विकास बैंकको ५६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर कम्पनी, सिवम् सिमेन्ट र जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
एसबिएल डिबेञ्चरका इकाईधनीले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । यस कम्पनीका इकाईधनीले ५ दशमलव ८६ प्रतिशतका दरले गुमाएका छन् ।