IME Life New

आइपीओ निष्काशनका लागि मन्दाकिनी हाइड्रोपावरले तोक्यो विक्री प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि निष्काशन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। उक्त कार्यका लागि आज मंगलवार कम्पनी र बीओके क्यापिटल बीच सम्झौता भएको हो।

सम्झौतापत्रमा मन्दाकिनी हाइड्रोपावरका तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेशबहादुर बस्नेत र बीओके क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका हुन्।

Esewa
Crest

यसैगरी कम्पनीको शेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य पनि बीओके क्यापिटल गर्ने छ। कम्पनीले १७ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल १७ लाख ६४ हजार १११ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS