IME Life New

‘आक्रामक बजार नीति’ सहित संचालनको तयारीमा: महालक्ष्मी लाइफ इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालको बीमा बजारको कान्छो जिबन बीमा कम्पनीको रुपमा संचालनको तयारीमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्स आउदो माघ २७ गतेबाट सञ्चालनमा आउने भएको छ। कम्पनीले गत माघ १ गते बीमा समिति बाट सञ्चालन स्वीकृति पाएको थियो, महालक्ष्मी लाइफ इन्स्योरेन्स संचालनको स्वीकृति संगै नेपालमा जिबन बीमा कम्पनीहरुको संख्या १९ पुगको छ।

“आक्रामक बजार रणनीति सहित बीमा बजारमा उपस्थिति जनाउने तयारी भैरहेको कम्पनी श्रोतले जानकारी दिएको छ, कम्पनीको प्रधान कार्यालय काठमाडौंको कमलादीमा रहनेछ । कम्पनीले चालु आर्थिक वर्षको अन्तिम सम्म २५ ओटा शाखा कार्यालय स्थापना गर्ने लक्ष्य लिएको छ । पहिलो चरणमा कम्पनीले राजधानीबाहिरका ठाउँलाई प्राथमिकतामा राखेको छ ।”

Esewa
Crest

कम्पनीको सञ्चालक समितिमा मनोरञ्जनरमण शर्मा, उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा र मोहनराज जोशी छन्। कम्पनीको मूख्य शेयरधनीमा पाँच वटा बैंकहरुसमेत छन्,संस्थागत संस्थापक शेयरधनीका रुपमा मेगा बैंक, ज्योति विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक छन्।

कम्पनी दर्ता गर्दा सुरुमा मूख्य शेयरधनी अजयराज सुमार्गी थिए, उनले कबुल गरेजति पैसा हाल्न नसकेपछि नयाँ शेयरधनीका रुपमा बैंकहरु भित्र्याइएको हो। नयाँ परिवर्तित शेयर संरचना अनुसार अजयराज सुमार्गीको हैशियत घटेको छ।

कम्पनीको जारी पूँजी २ अर्ब रुपैयाँ छ। यसमा १ अर्ब ४० करोड रुपैयाँ संस्थापक शेयरधनीहरुले जम्मा गरिसकेका छन्। दुई आर्थिक बर्ष पुरा गरेपछि कम्पनीले ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS