IME Life New

जीवन बीमा कम्पनीहरुको खुद नाफा तीन अर्ब ८० करोड, पुराना कम्पनी अगाडी : कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सञ्चालमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले एक वर्षमा तीन अर्ब ८० करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । उनिहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा ११.९६ प्रतिशतले खुद नाफा बढाउन सफल भएका हुन् । यो नाफा कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ मा जारी गरेको अपरिष्कृत वित्तीय विवरणका आधारमा तयार पारिएको हो । जीवन बीमा कम्पनीहरुको वास्तविक मुनाफा एक्चुरियल मूल्याङ्कन पछि मात्रै थाहा हुने भएकाले लेखापरिक्षण पछि यस्तो मुनाफा बढ्ने गरेको छ ।

Esewa
Crest

अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफामा पुराना कम्पनी हाबी छन् । १९ जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै नाफा गर्ने ६ कम्पनीमा पुराना छन् । त्यस्तै सबैभन्दा कम मुनाफा गर्नेमा सबैभन्दा पुरानो कम्पनी राष्ट्रिय बीमा संस्थान रहेको छ ।

यस वर्ष पनि गएका वर्षको जस्तै सबैभन्दा धेरै मुनाफा आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । नेपाल लाइफले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा अघिल्लो वर्षको तुलनामा १.०५ प्रतिशतले मात्रै बृद्धि भएको छ ।

त्यस्तै दोस्रो धेरै नाफा गर्नेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले गत वर्ष ४० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा २.५५ प्रतिशतले मात्रै बृद्धि गर्न सकेको हो । तेस्रो नम्बरमा सूर्या लाइफले ३२ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । २३ प्रतिशतले मुनाफा सुधार गर्दै तेस्रो स्थानमा उक्लिएको हो । नयाँ व्यवस्थापन तथा नयाँ सञ्चालकको सक्रियता पछि कम्पनीले आफ्ना सम्पुर्ण सूचकमा सुधार गरेको छ ।

चौथौ नम्बरमा रहेको प्राइम लाइफले पनि ३० करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको नाफा ३.२५ प्रतिशतले बढेको हो । पाँचौ नम्बरमा रहेको मेट लाइफको यस वर्ष भने १७.८५ प्रतिशतले मुनाफामा गिरावट आएको हो । कम्पनीले २६ करोड ९४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । छैठौ नम्बरमा रहेको एशियन लाइफको नाफा ३९.८५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले २५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

नयाँ कम्पनीहरु मध्ये मुनाफाका हिसावले सबैभन्दा अगाडि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले २२ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यस वर्ष कम्पनीले ५.३९ प्रतिशतले मुनाफा बढाएको हो ।

अर्बौ रुपैयाँको कोष भएको लाइफ इन्स्योरेन्स कर्पोरेसन पनि मुनाफामा धेरै पछाडि छ । कम्पनीले गत वर्ष १९ करोड ९ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको हो । त्यस्तै गत आर्थिक वर्षमा क्रमश सिटिजन लाइफले १८ करोड ७९ लाख रुपैयाँ, प्रभु लाइफले १७ करोड ६ लाख रुपैयाँ, आईएमई लाइफले १३ करोड ४ लाख रुपैयाँ, युनियन लाइफले १३ करोड तीन लाख रुपैयाँ, ज्योति लाइफले १३ करोड रुपैयाँ, गुराँस लाइफले १२ करोड १३ लाख रुपैयाँ, सन नेपाल लाइफले १० करोड ६० लाख रुपैयाँ, सानिमा लाइफले १० करोड २७ लाख रुपैयाँ, महालक्ष्मी लाइफले ९ करोड ४० लाख रुपैयाँ, रिलायन्स लाइफले ७ करोड एक लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले ५ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

जीवन बीमा कम्पनीहरुले अर्बौ रुपैयाँ आम्दानी गरे पनि उनिहरुले सबै रकम मुनाफाको रुपमा देखाउन पाउदैनन् । उनिहरुले बीमित सँग संकलन गरेको पैसा विभिन्न क्षेत्रमा लगानी गरेर आर्जन गरेको रकम पछि बीमितलाई नै बोनसको रुपमा फिर्ता गर्नु पर्ने भएकाले बीमा कम्पनीहरुले अहिले आर्जन गरेको रकम जीवन बीमा कोषमा जम्मा गर्नु पर्ने हुन्छ । त्यहि भएर जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष हरेक वर्ष बढिरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS