IME Life New

नेशनल मर्चेण्ट बैंकरको वार्षिक साधारण सभा आब्हान, ५२% नगद लाभांश पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल मर्चेण्ट बैंकर लिमिटेडको आठौं वार्षिक साधारण सभा भदौ १२ गते हुने भएको छ । कम्पनीले आफ्नै कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ९ बजे सभा गर्ने जनाएको छ । कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभाले शेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

Esewa
Crest

सभाले विद्यमान सञ्चालक समिति सदस्यहरुको पदावधि सकिएकोले नयाँ सञ्चालक समिति चयन गर्ने, कम्पनीको चुक्तापूँजी वृद्धि गर्नका लागि सञ्चालक समितिले गरेको व्यवस्था अनुरुप समझदारी पत्रको अनुमोदन लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS