काठमाडौं । आज नेपाल बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ अर्ब ५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टीलरीको ७९ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ७० करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडि हाइड्रोपावर कम्पनीको ५९ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।