काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेको छ । आज शेयर बजार २४ दशमलव ५७ अंकले घटेर ३,१५४ दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज उत्पादनमुलक,मायक्रोफाइनान्स र इन्भेष्टमेन्ट उपसुचक बढेका छन् । आज ५९ कम्पनीको शेयर बढेका छन् भने १२६ कम्पनीको शेयर मसल्य घटेको छ ।
आज दिनभरिमा २२ वटा कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज नेपाल बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ अर्ब ५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टीलरीको ७९ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ७० करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडि हाइड्रोपावर कम्पनीको ५९ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनी, जीवन बिकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, एनआइबिएल प्रगति फण्डका इकाइधनीले ८ दशमलव ५४ प्रतिशतका दरले गुमाएका छन् ।