IME Life
GBIME

सानिमा लाइफको आईपीओ बाँडफाँड सम्पन्न, भाग्यशाली ५ लाख ४० हजारले पाउने भए १० कित्ता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर बाँडफाँड भएको छ । कम्पनीको  दरबारमार्ग स्थित बिजनेस कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले साउन २० गते देखि २४ गतेसम्म सार्वजनिक निष्काशन गरेको प्राथमिक शेयरमा २४ लाख १९ हजार ८४८ जनाले आवेदन दिएका थिए । उनिहरुले तीन करोड ६९  लाख ५१  हजार ८० कित्ताको लागि आवेदन दिएका थिए ।

Crest

विभिन्न कारणले एक लाख ६ हजार २९२ जनाको आवेदन रद्द भएको छ । त्यस्तै दोहोरो आवेदन दिने ५ हजार ४३४ जनाको पनि आवेदन रद्द भएको बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । दुबै कारणले आवेदन रद्द हुनेको संख्या एक लाख ११ हजार ७२६ जना रहेका छन् ।
यस हिसाबले योग्य आवेदकको संख्या २३ लाख ८ हजार १२२ जना रहेको छ । उनिहरुले तीन करोड ४२ लाख ५ हजार २० कित्ताको लागि आवेदन दिएका थिए ।

सर्वसाधारण समुह तर्फको ६० लाख  कित्तामध्ये ५ प्रतिशत अर्थात तीन लाख कित्ता कर्मचारी र यतिनै बराबरको शेयर म्युचुअल फण्डलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको ५४  लाख  कित्ता आम सर्वसाधारणले प्राप्त गर्न सक्नेछन् । योग्य २३ लाख ८ हजार १२२  आवेदनमध्ये भाग्यसाली ५ लाख ४० हजारले १०/१० कित्ता शेयर प्राप्त गरेका छन् । बाँकि १७ लाख ६८ हजार १२२ जनाको हात खालि भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS