काठमाडौं । प्रभु बैंकको २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साउन १५ गतेदेखि २९ गतेसम्मका लागि प्रतिकित्ता न्यूनतम मूल्य २१० रुपैयाँ तोकेर उक्त शेयर लिलामीमा ल्याएको हो ।
बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । यो शेयर खरीदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम १० ले भाग जाने संख्या वा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र साउन ३१ गते आइतवार बिहान १० बजे विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, नागपोखरी, काठमाडौंमा खोलिने जनाएको छ ।