IME Life New

आईबोस ग्लोबल लाईफमा आबद्ध सबैले हिमाल डेन्टलको सेवामा २०% छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईबोस ग्लोबल लाईफ ईन्टरनेशनल र हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्सबीच सम्झौता भएको छ । सम्झौतापत्रमा आईबोस र हस्पिटलबीच द्विपक्षिय सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापछि आईबोस ग्लोबल लाईफ ईन्टरनेशनल कम्पनीका कुनै पनि कर्मचारी, बितरक तथा निजको एकाघरको परिवारिक सदस्यहरुले दाँत सम्बन्धी कुनै पनि उपचार सेवा (Dental Treatment Service) शुल्कमा २० प्रतिशतसम्मको छुटको ब्यबस्था गरिएको छ ।

Esewa
Crest

साथै, दन्त चिकित्सा अध्ययन (Dental Science Study) गर्न चाहने व्यक्तिहरुको लागि समेत सम्पूर्ण शुल्कमा २० प्रतिशत छुटको व्यबस्था गरिएको छ समेत जनाएको छ । सेवा लिन चाहाने कम्पनीको कर्मचारी तथा बितरकहरुको अधिकारीक परिचयपत्र अनिबार्य हुनुपर्ने जनाएको छ ।

हिमाल डेन्टल हस्पिटलको मुख्य कार्यालय धुमबाराही काठमाण्डौ तथा निम्न कुनै पनि शाखाहरु (चितवन, बैतडी, कन्चनपुर, कैलाली, चाबहिल काठमान्डौ, मकवानपुर, सुनसरी, डडेलधुरा, नेपालगन्ज, लगनखेल ललितपुर, साँखु काठमाण्डौ र कमलपोखरी काठमाण्डौ ) बाट विभिन्न सेवा शुल्मा छुट पाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS