काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढ्दा ७४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १०५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनी, रिडी हाइड्रोपावर कम्पनी, रुरु जलविद्युत कम्पनी, जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् ।