काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले १५औ बार्षिक साधारणसभा भदौ १८ गते शुक्रबार गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीले भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।
सभामा लाभांश पारित तथा हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष ७७/८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही लाभांश सभामा पेश गराई पारित गर्ने एजेण्डा रहेको छ ।
त्यस्तै, सभामा गत आर्थिक वर्षको नाफा नोक्सान, हिसाब, वासलात नगद प्रवाह लगायतका वित्तीय एण्डाहरु छलफल गरी पारित हुनेछ ।
त्यसैगरी कम्पनीले बोनश वितरण गरे पश्चात कायम हुने पूँजीकोे २ः१ को अनुपातमा हुन आउने हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ ३ गतेसम्म शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।