IME Life New

हिमालयन उर्जा विकास कम्पनीको नाफा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस समिक्षा अवधिमा ३ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१ दशमलव ७२ प्रतिशतले कमी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४५ लाख ७८ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको विद्युत् उत्पादन तथा अन्य आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा साढे ८० प्रतिशत कम हुँँदा नाफामा प्रभाव परेको हो ।अघिल्लो वर्ष ७१ लाख ३४ हजाररुपैयाँ अन्य आम्दानी गरेको कम्पनीले गत वर्षको समिक्षा अवधिमा १३ लाख ८५ हजार रुपैयाँ मात्र गरेको छ ।

Esewa
Crest

समिक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९ दशमलव ९७ प्रतिशतले कमी हो । यस अवधिमा १० लाख ८६ हजार रुपैयाँ संचालन मु्नाफा गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ७१ लाख ७६ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ २८ पैसा रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS