Connect IPS
IME Life

रिलायबल लाइफको सम्पुर्ण सूचकमा उल्लेख्य सुधार, बीमा शुल्क ८८ % ले बढ्दा बीमालेख धितोकर्जा साढे ५ गुणाले बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफले गत आर्थिक वर्ष २०७७/७८ मा खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन दुबैमा ८८ प्रतिशत भन्दा धेरैले सुधार गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब २५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो आर्जन एक अर्ब ५७ करोड रुपैयाँ मात्रै थियो ।

त्यस्तै कुल बीमा शुल्क आर्जन तीन अर्ब एक करोड रुपैयाँ पुर्याउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आर्जन एक अर्ब ६० करोड रुपैयाँ मात्रै थियो । बीमालेख संख्यामा भएको उल्लेख्य सुधारले पनि कम्पनीको बीमा शुल्क आर्जन बढेको हो । कम्पनीको कुल कायम बीमालेख संख्या ३६ लाख ९६ हजार रहेको छ । जवकी अघिल्लो वर्षमा १७ लाख ५१ हजार मात्रै थियो । पोलिसीका हिसावले पनि व्यवसाय दोब्बर भन्दा धेरैले बृद्धि गर्न सफल भएको हो ।

Prabhu
Crest

कम्पनीको मुनाफा ५.३९ प्रतिशतले मात्रै सुधार भएको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २२ करोड ५९ लाख रुपैयाँ छ । अघिल्लो वर्षमा कम्पनीको खुद मुनाफा २१ करोड ४३ लाख रुपैयाँ थियो । एक्चुरियल मूल्याङ्कन पछि मात्रै बीमा कम्पनीको यथार्थ मुनाफा देखिन्छ । मुनाफामा सुधार सँगै कम्पनीको जगेडा कोष ३१ प्रतिशतले बढेर ८४ करोड ३५ लाख रुपैयाँ पुर्याउन सफल भएको छ । त्यस्तै जीवन बीमा कोष पनि १२० प्रतिशतले बढेर दुई अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

बीमा शुल्क आर्जन बढे सँगै कम्पनीमा दिर्घकालिन दायित्व बढ्दै गएको छ । यसै क्रममा कम्पनीको दिर्घकालिन कर्जा तथा लगानी पनि ११६ प्रतिशतले बढेको छ । कम्पनीले विभिन्न क्षेत्रमा तीन अर्ब ९३ करोड रुपैयाँ दिर्घकालिन लगानी गरेको छ । त्यस्तै बीमितले बीमालेख धितोमा राखेर लिने कर्जा पनि यस वर्ष साढे ५ गुणा भन्दा धेरैले बढेको छ । बीमितले आफ्नो बीमालेख धितोमा राखेर ६ करोड २८ लाख रुपैयाँ कर्जा लिएका छन् ।

कम्पनीको व्यवस्थापन खर्च ६७ प्रतिशतले बढेर ५ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष दाबी भुक्तानी १२३ प्रतिशतले बढेको देखिन्छ । कम्पनीले ६७ करोड ९८ लाख रुपैयाँ दाबी भुक्तानी फर्छ्यौट गरेको छ । अभिकर्ता कमिसन पनि ६९ प्रतिशतले बढेको छ । अभिकर्ताहरुले ४२ करोड ७६ लाख रुपैयाँ कमिसन बुझेका छन् । प्रतिशेयर आम्दानी १६ रुपैयाँ छ । प्रिमियमा प्राथमिक शेयर निष्काशनको तयारी गरिरहेको कम्पनीको नेटवर्थ १६५ रुपैयाँ छ । यस्तो नेटवर्थ एक वर्षमै १६ रुपैयाँले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS