Connect IPS
IME Life

बिहीबारदेखि वेलुका ८ बजे पछि सवारी साधन चलाउन नपाइने, परिक्षा भने सञ्चालन गर्न पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिहीबारदेखि बेलुका ८ बजे पछि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि भन्दै उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले यस्तो निर्देशन जारी गरेका हुन् । प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले साउन २८ गतेदेखि भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरेका हुन् ।

छन् । स्थानिय ढुवानी पनि विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने भएको छ । शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने व्यवस्थालाई निरन्तरता दिइएको छ । सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेज, सिनेमा हल, दोहोरी, नाचघर, क्लब लगायत मासिसहरुको आवतजावत हुने स्थानहरुलाई निषेध गरिएको छ ।

Prabhu
Crest

विभिन्न निकायबाट संचालन हुने सबै किसिमका लिखित तथा प्रयोगात्मक परिक्षाहरु तोकिएका शर्तहरु पालना गरेर सञ्चालन गर्न पाइनेछ । परिक्षा संचालन हुने कुनै एक स्थान हल तथा कोठाको आकार अनुसार २५ जनाभन्दा बढी मानिसहरु भेला जम्मा नहुने गरी परीक्षा संचालन गर्ने  ।

परिक्षार्थीहरु हलमा प्रवेश गर्नु पूर्व र परीक्षा समाप्त भएपश्चात नेपाल सरकारले तोकेको मापदण्ड बमोजिमको भौतिक दुरी कायम हुने व्यवस्था मिलाउनु पर्नेछ । एउटा सिफ्टका सबै व्यक्तिहरु परिक्षास्थलबाट पूर्णरुपमा बाहिरिए पछि मात्र अर्को सिफ्ट सँग सम्बन्धित व्यक्तिहरु प्रवेश गर्न मिल्ने गरी फरक समय राख्नु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS