काठमाडौं । थ्रि स्टार हाइड्रोपावरले आईपीओ निष्काशन तथा विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले आइपीओ निष्काशनका लागि साउन १७ गते बार्डमा निवेदन दिएको हो ।
आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न लागेको हो ।