काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) आज बाँडफाँड हुने भएको छ । कम्पनीले हिजो प्रि अलोटमेन्ट सम्पन्न गरेसँगै आइपीओ आज बाँडफाँड हुने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । उक्त आइपीओ आज बिहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड हुने जनाइएको छ ।
आवेदनको आधारमा कम्पनीको आईपीओ २० लाख ५० हजार ४५१ जनाले नपाउने देखिन्छ । बाँडफाँडमा कम्पनीको आईपीओ ६८ हजार ४७४ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् । यसरी बाँडफाँड गरी बाँकी रहने ६ कित्ता शेयर गोलाप्रथाबाट शेयर पाउनेमध्येबाट ६ जनालाई थप ११ कित्ता गरी ११ कित्ताका दरले बाँडफाँड हुनेछ ।
कम्पनीले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।
उक्त आइपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकबाट २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धकले जनाएको छ ।